विराटनगर/ नेकपा माओवादीका अध्यक्ष पुष्कमल दाहालले पार्टीलाई ६४ मा फर्काउने उद्घोष गरिरहेका बेला विद्यार्थी संगठनको तर्फबाट भर्खरै सम्पन्न स्ववियु निर्वाचन परिणामले ६५ तिरै फर्काइदि एको छ । मोरङमा आफ्नो जनमत निरन्तर खस्किरहेको बेला माओवादीले २०८१ मङ्सिरमा सम्पन्न उपनिर्वाचन र २०८१ चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा राम्रै पकड जमाएको छ ।
भर्खरै सम्पन्न मोरङका ९ क्याम्पसमध्ये माओवादी निकट अखिल क्रान्तिकारीले ३ आङ्गिकसहित ६ वटामा जित निकालेर प्रतिस्पर्धी सङ्गठनहरूलाई आश्चर्यमा पारेको छ । क्रान्तिकारीले आङ्गिक क्याम्पसहरू महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, स्नातकोत्तर क्याम्पस र विराटनगर नर्सिङ क्याम्पससहित कानेपोखरीको रमाइलो बहुमुखी क्याम्पस, बेलबारी क्याम्पस र मिक्लाजुङ क्याम्पस जितेको छ ।
एमाले निकट अनेरास्ववियुले सुकुना बहुमुखी क्याम्पस र केराबारी बहुमुखी क्याम्पसमा जित निकाल्दा नेविसंघले लेटाङ क्याम्पस जितेको छ । उर्लाबारी र पथरी क्याम्पसमा भने सबैको सहमतिमा नेविसंघको अध्यक्ष निर्वाचित भएको थियो ।
प्रदेशकै सबैभन्दा ठुलो महेन्द्र मोरङ क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका रोहित यादव निर्वाचित भए । स्नातकोत्तर क्याम्पस विराटनगरमा क्रान्तिकारीका प्रितम साहसहित प्यानल नै विजयी हुँदा नर्सिङ क्याम्पसमा क्रान्तिकारीकै रोहित ताजपुरिया सभापतिमा निर्वाचित भए । नेविसंघ र अनेरास्ववियु मिलेको भोजपुर बहुमुखी क्याम्पसमा पनि क्रान्तिकारीकै सोबिन तामाङ विजयी बने ।
गत मङ्सिरमा ४१ स्थानमा भएको उपनिर्वाचनमा कांग्रेस–एमाले नै प्रतिस्पर्धी हुने ठानिरहेको बेला माओवादी केन्द्र पनि सशक्त ढंगले प्रस्तुत भयो । एमाले र कांग्रेसले जितेका कतिपय स्थानमा माओवादीले आफ्नो विजयको झन्डा फहरायो ।
कोशी प्रदेशमा पनि १ पदमा अध्यक्ष र ७ वडाध्यक्ष पदमा प्रतिस्पर्धा भएको थियो । जसमध्ये १ अध्यक्ष र २ वडाध्यक्ष पदमा जित निकाल्दै माओवादी पहिलो भएको छ । यस्तै नेपाली कांग्रेस र नेकपा एमालेले दुई–दुई वडाध्यक्षमा र एक जना स्वतन्त्रले
मोरङमा.....वडाध्यक्षमा विजयी भएका छन् । २०७९ सालको निर्वाचनमा भने ती ८ पदमै माओवादी पराजित भएको थियो । अघिल्लो निर्वाचनमा कांग्रेसले पालिका अध्यक्षसहित ५ वडाध्यक्ष जितेको थियो भने एमालेले २ स्थानमा जितेको थियो । लोकप्रिय मतमा पनि माओवादी पहिलो देखियो ।
उपनिर्वाचनमा माओवादीले ग्रामथान गाउँपालिकाको अध्यक्षसहित उदयपुरको त्रियुगा १२ र बेलका ९ जितेको छ । माओवादीले जितेका तीनै स्थान अघिल्लो निर्वाचनमा कांग्रेसले जितेको थियो । कोशीमा ८ स्थानमा भएको मतदानमा जम्मा २९ हजार ४५४ मत खसेको थियो ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो