फाष्ट मिडिया नेपाल संवाददाता
इटहरी । इटहरी उपमहानगरपालिकाबासीमा डेंगु संक्रमण भएमा उपचारका लागि अन्यत्र भौतारिनुपर्ने बाध्यता हटेको छ । इटहरी अस्पतालमै डुंगुका बिरामीको उपचार सुरु भएपछि सो बायता हटेको हो । इटहरी अस्पतालले जनाए अनुसार अहिलेसम्म डुंगु लागेका इटहरीबासी ८ जना अस्पताल भई उपचार गराईरहेका छन् । डेंगुको संक्रमणका कारण कोशी प्रदेशकै ठूलो अस्पताल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान अस्तव्यत बनेपछि सो उपचार इटहरी मै हुने भएको हो ।
डेंगुको समक्रमणसँगै धरान उपमहानगर अस्तव्यस्त बनेसँगै इटहरीमा पनि डेंगुका विरामीको संख्या बढीरहेको इटहरी अस्पताल बताउँछ । १० शैयाको इटहरी अस्पतालमा डेंगुका मात्रै ८ जना विरामी भर्ना भएको र विरामीको अवस्था हेरेर सामान्यतया ३ दिनमा डिस्चार्ज गर्ने गरिएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको भनार्ई छ ।
यता इटहरीको स्थानीय सरकारले इटहरी र इटहरी क्षेत्रमा पछिल्लो समयमा डेंगु संक्रमण बढ्न थालेको भन्दै डेंगुको सम्पूर्ण खर्च निःशुल्क गर्ने सूचना नगरप्रमुख हेमकर्ण पौडेलले जारी गरेका छन् । नगरप्रमुख पौडेलका अनुसार सोमबार बसेको नगर कार्यपालिकाको बैठकले डेंगु संक्रमणमा विशेष सतर्कता अपनाउने भन्दै इटहरी बासीको लागि इटहरी अस्पतालमा लाग्ने खर्च र डेंगु जाँच निःशुल्क गरिदिने भएको हो ।
कार्यापालिका तथा नगर सदस्यहरु सहितको बैठकमा मेयर हेम कर्ण पौडेलले इटहरी अस्पतालमा डेंगु परिक्षण र अस्पतालमा लाग्ने सम्पुर्ण खर्च निशुल्क गरिदिने घोषणा गरेका हुन । साथै उपमहानगरले डेंगु रोग विरुद्ध खोज र नष्ट अभियान चलाउने भएको छ । त्यसो त गत वर्ष डेंगुको औषधि छिटेर लाखौं कम सकेके उपमहानगरले यो पटक भने खोज र नष्ट गर्ने अभियान ल्याएको हो ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो