दमकको दीपिनी स्कुल विद्यार्थीलाई शिप सिकाउँदै आयआर्जनमा जोड्दै

खगेन्द्र कार्की

दमक/ दमक–५ स्थित दिपिनी आधारभुत विद्यालयले विद्यार्थीको शीप विकास र आयआर्जनका लागि ३ दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

विद्यालयको सभाहलमा बुधबारदेखि सुरु भएको कार्यक्रमको शुक्रबार समापन गरिएको प्रधानाध्यापक शेषकुमार निरौलाले बताए । निरौलाका अनुसार दमक नगरपालिकाका सामािजक विकास समिति संयोजक शारदा सापकोटा भट्टराईले उद्घाटन गरेको सो कार्यक्रममा शिक्षा अधिकृत सोमनाथ गुरागाईले समापनको प्रमुख आतिथ्यता ग्रहण गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका सदस्य सदस्य चैतन्य वरालको अध्यक्षता रहेको सो कार्यक्रममा दमक–५ का कार्यवहाक वडाअध्यक्ष खड्ग राई, कार्यपालिका सदस्य सरु परियारलगायतको उपीस्थति रहेको थियो ।  

सो कार्यक्रमबाट विद्यार्थीहरुले सिप सिकेर त्यसलाई आयआर्जन गर्न सक्ने क्षमताको विकास भएको प्रधानाध्यापक निरौलाले बताए । निरौलाका अनुसार छात्रालाई दुनाटपरी गास्न सिकाइएको छ भने छात्रले फिनेल उत्पादन गरेका छन् । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीले भाग लिएको सो कार्यशालाबाट उत्पादित फिनेर बाल क्लबले लागत मूल्यमा बिक्री गर्ने भएको छ भने दुनाटपरी विद्यालयमै राखिएको र कसैलाई आवश्यक परेमा उपलब्ध गराउन सक्ने प्रधानाध्यापक निरौलाले बताए । सहायक प्रधानाध्यापक बब्रुवान दाहालले सञ्चालन गरेको सो  कार्यक्रमको औचित्य तथा स्वागत प्रधानाध्यापक निरौलाले गरेका थिए ।

खगेन्द्र कार्की
प्रतिक्रिया