इटहरी । इटहरीको सरस्वती मा.वी. को कभर्डहलमा १८ जना खेलाडीको सहभागीतामा नेपाल केन्पो काई संघ कोशी प्रदेशको प्रथम वेल्ट ग्रेडिङ सम्पन्न भएको छ ।
२०६९ सालमा राष्ट्रिय खेलकुद विकास परिसदमा दर्ता भई नेपालमा सञ्चाल भएको यो खेल जापान वाट आएको र यस खेलमा तरवार,छुरा,किक,वक्सीङ,रेस्लीङ,कुम्फु पर्छ यो मार्सल आर्ट विधामा ८ वर्ष उमेर माथीकाहरुले खेल्न मिल्ले नेपाल केन्पो काई संघ सुसरी जिल्ला उपाध्यक्ष तेजु चौधरीले जानकारी गराएका छन् ।
ग्रेडिङमा राष्ट्रिय कोच भिजोल वंशी ठकुरी,दिपेस सुनुवार,केन्पो काई कोशी प्रदेसका कोच संङघर्स राई,नेपाल केन्पो काई संघ सुनसरी जिल्ला अध्यक्ष प्रदिप श्रेष्ठ लगायत अभिभावक,दर्शकहरुको उपस्थीती रहेको थियो ।
सुप्रिया राई
१० असार २०८१, अाईतबार ११:५५ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो