फाष्ट मिडिया नेपाल न्युज डेक्स
आज नेपाली लौहपुरुष गणेशमान सिंहको २६ औं स्मृति दिवस विविध कार्यक्रमका देशभर मनाइँदैछ । गणेशमान सिंहले नेपालमा गरेको त्याग र समर्पण अहिलेका राजनीतिज्ञका लागि गरिखाने बाटो भएको छ भन्दै आलोचना समेत हुने गरेको छ । उहाँको त्यो त्याग वा समर्पणलाई परिवारभित्रबाट पनि खासै चासो देखाइएको छैन । उहाँका छोरा प्रकाशमानसिंह पनि राजनीतिक रोटी बेल्न बाबुको नाम भज्याईरहेका छन् । उनले पनि निष्ठाको राजनीति गर्न सकेनन भन्ने आरोप लागिरहेको छ ।
यस्तै बेलामा मनाइने गणेशमान सिंहको स्मृति दिवस पर्न गएको छ । गणेशमान सिंहका योगदानको चर्चा परिचर्चा हुने गर्दछ । पछिल्लो समय सत्ता र शक्तिमा पुग्नका लागि नेपाली कांग्रेसले जुन रणनीति अख्तियार गरेको छ त्यसले कांग्रेसका दिवंगत नेताहरुको आत्माले शान्ति पाउने बाटो होइन भन्नेहरु पनि छन् तथापि सम्झने क्रम त रहि रहन्छ ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले नेपालमा खोट देखाउन नसकिने तीन नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारी मात्र रहेको बताएका छन् ।
‘२०३३ सालदेखि जीवनको अन्तिम क्षणसम्म मैले गणेशमान सिंहको सहयोगी भएर काम गर्न पाएँ । उहाँ को नेता कति लोकतान्त्रिक भन्ने पहिचान आन्दोलनमा चिनिँदैन, सरकारमा गएपछि मात्र हुन्छ भन्नुहुन्थ्यो । सबभन्दा त्यागी नेतामा उहाँकै नाम आउँछ । उहाँले प्रधानमन्त्री पद समेत खानु भएन । पार्टी समेत त्यागेर अलग बस्नुभयो । नेपालमा खोट देखाउन नसकिने तीन नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारी त हुन् नि,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेपाली कांग्रेसमा लोकतान्त्रिक संस्कृतिको अभाव रहेको पनि नेता प्रधानले औंल्याए । उनले थपे, ‘महाधिवेशनमा समूह बन्छन् । तर निर्वाचित भएपछि नेतृत्वको कुरा मान्नुपर्छ । चुनाव सकिएपछि पनि भागबन्डा कायमै छ । आज पनि शेखर समूहको भेला भन्ने सुनेको छु । यो अधिवेशनकै तयारी होला ।’
अर्को प्रसंगमा प्रधानले शिक्षकहरुसँग छलफल नगरी विद्यालय शिक्षा विधेयक ल्याइएकाले यसको विरोध भएको बताए । उनले भने, ‘शिक्षकहरु पञ्चायतको समयदेखि आन्दोलनमा लागेका हुन् । उनीहरुसँग छलफल नगरीकन एकतर्फी रुपमा विधेयक ल्याइएको छ । शिक्षकहरुको मानमर्दन हुने र लोकतान्त्रिक अधिकार कुण्ठित गर्ने काम हुन सक्दैन ।’
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो