इटहरी । ग्रामथानलाई अगाडी बढाउनको नीम्ती प्रदेशमा ५ सदस्सीय समीती गठन गरीएको झुम्कामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा जानकारी गराइएको छ ।
ग्रामथान चौधरीको मात्र नभएर राजबंसी,धिमाल,मुसहर,चमार,उराउ,झागड,कोचेमेचे सवैको भएको हुनाले सवैलाई एउटै सुत्रमा बाध्नु पर्छ भनेर प्रदेश स्तरीय विधान बनाएको र त्यहि कुरा सार्बजनिक गर्नको लागी यो शुभकामना आदान प्रदान कार्यक्रम गरीएको ग्रामथान संरक्षण समीती प्रदेश १ का अध्यक्ष तेज नारायण चौधरीले जानकारी गराए ।
ग्रामथान सग जोडिएका सास्कृतिक भुमी थारुको मात्र नभएर अन्य समुदायको पनि हुनाले यस्ता ओझेलमा परेका समुदायको लागी राज्यले हेर्नु पर्ने यदी यसलाई राज्यले सम्रक्षण गरीएन भने सिंगो मुलुकनै संकटमा पर्न जाने र यसलाई ऐन वनाएर संम्रक्षण गर्नु पर्ने बिषयमा कार्यक्रममा सहभागी बक्ताहरुले उठान गरेका थिए ।
कार्यक्रममा सांसद,सास्कृतिक मन्त्री,ग्रामथान संरक्षण समीतीका अध्यक्षहरु,थारु अग्रजहरुको सहभागीता रहेको थियो ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो