२५ किलोमिटर टाढाको पानी धरान आउँदै

खगेन्द्र कार्की

खगेन्द्र कार्की

इटहरी । देशमा गणतन्त्र स्थापना भएपश्चातको दोस्रो स्थानीय तहको निर्वाचनले धरानको राजनीतिमा ठूलो फेरबदल गरिदियो । खानेपानी, सुकुम्बासी, स्वास्थ्य, सरसफाई, पर्यावरणलगायतका मुद्दालाई छोडेर राजनीतिक खिचातानीमै केन्द्रीत रहेका दलहरुलाई धराने जनताले ३० वैशाख २०७९ को निर्वाचनले पछाडि धकेलिदियो । हरेक दिन एक्लै माइकमा धरानका समस्या देखाएर कराईरहने स्वतन्त्र नागरिक हर्क साम्पाङलाई धरानले जनताले रुचाए । जब धरानमा हर्क साम्पाङको उदय भयो तब धरानमा नयाँ विकासको काममा नयाँ विहानीको सुरुआत भयो । 

हर्क साम्पाङ धरान उपमहानगरपालिकाको नगरप्रमुख भए पनि उनले आफूलाई नगरप्रमुखको तामझाममा समाहित गराउन चाहेनन् । भुइँ मान्छे सँधै भुँइबाटै काम गर्छ भनेर धरानको विकासमा जनतालाई श्रमदानमा जोड्ने काम नै धरानका लागि विकासको मुल फुटाउने एउटा कसी बन्यो जसका कारण यतिखेर धरानमा सँधै भरि राजनीति हुँदै आएको तर काम नभएका क्षेत्रले निकै फड्को मारिरहेका छन् । धरानले जनताले खानेपानीको दिर्घकालिन समाधान खोज्दै गर्दा धरानभित्रैबाटै त्यसको समाधानमा जुटेका साम्पाङको सामाजिक अभियानबाटै समाजमा कामसँगै सोचमा समेत धेरै परिवर्तन ल्याइसकेको छ । मानिसहरु धरानको विकासमा जोडिन हरेक दिन जसो मेयर साम्पाङको अभियानमा जोडिन पुगेका छन् । मेयर साम्पाङको सोच अनुसार धरानमा मात्रै होइन देशैभरी असर पु¥याएको छ । 

संघीय सरकारका मन्त्रीहरुले पनि हर्कपथलाई नै अंगिकार गरेका देखिन्छन भने ठूला दलका नेताहरु पनि श्रमजीवि जनताका माझमा पुगेर आफूलाई उनीहरुको नेता बनाउने दृष्टता गरिरहेका भेटिन्छन् । वास्तवमा देशमा आमूल परिवर्तन गराउन जनसहभागिता वा जनश्रमदान नै सामान्य आयस्रोत भएको मुलुकका लागि विकासको मेरुदण्ड हो भन्ने मान्यतालाई स्थापित गराउन धेरै हदसम्म सफल पनि भईसकेका छन् । धराने जनताका लागि भगवानको रुपमा उदाएका साम्पाङको गतिविधि अन्य राजनीतिक दलका लागि त्यति पाच्य त नहोला तर उनीहरुलाई पनि सोही मार्गमा नगई सुख नपाउने वातावरण मेयर साम्पाङले बनाइसकेका छन् । त्यसैको एउटा सन्दर्भमा हो धरानको खानेपानी । 

जिवनको लागि जल,जलको लागि हर्क सामपाङ्ग भन्ने मान्यता बोकेका धरानले सामाजिक अभियन्ताहरुले दिलोज्यान दिएर श्रमदानमा खटिएका छन् । सुरुआतदेखि तत्कालिन नेकपा एमालेको कार्यकर्ता भएर पनि हर्क साम्पाङको पथप्रदर्शक बनेका धरान १५ का लोकबहादुर तामाङको पुरै परिवार लागेको छ । त्यति मात्र नभएर २५ किलोमिटर टाढा रहेको कोकाहा खोलाको पानी ल्याउने अभियान श्रमदानसँगै सहयोग पनि उत्तिकै जुटाईरहेका छन् । धराने जनताका लागि पानी र जलको पर्यायवाची हर्क साम्पाङ बनेको तर्क गर्ने तामाङ हिउँदे खडेरीलाई कुनै वहाना नबनाई चैते खडेरीमा पनि पानी ख्वाईरहेको बताउँछन् । तामाङले काकाकुल धरानेलाई पानीका लागि दिर्घकालिन समाधानमा लागेका साम्पाङको यो कार्य साहस नभएर दुस्साहस रहेको बताउँछन् । 

उक्त खोलाबाट पानी ल्याउन लाग्ने पाइपका लागि नगरप्रमुख साम्पाङसहित सबैले सहयोगको अपिल गरे अनुसार तामाङले पनि निकै ठूलो रकम संकलन गरेर पाइप सहयोग गर्न महत्वपूर्ण योगदान निभाएका छन । तामाङले आफ्नो सामाजिक अभियानमा जोडिएका देश तथा विदेशका साथीभाईबाट सहयोग संकलन गरेका छन् । रमेश विष्ट, रमेश खत्री, भिम बराईली, लिलानाथ घिमिरे, प्रकाश गिरी, लोकबहादुर तामाङ, बिमल श्रेष्ठ र प्रभु श्रेष्ठबाट जनही ७ हजार ५ सय ४० का दरले संकलित रकमबाट पाईप खरिद गरी हस्तान्तरण गरिसकेको बताउँछन् । त्यसो त धरान उपमहानगरपालिकाको बजेटलाई नछोईकन सो परियोजना सम्पन्न गराउन देश विदेशका हजारौंको सहयोग प्राप्त भएको छ । सो पाइप विछ्याउने कामसँगै उक्त पानी जम्मा गर्न सेउती खोलामा निर्माणाधिन पानी ट्रयाङ्कीको ढलान पनि शनिबार सकिएको छ । सैयौं श्रमदाताले सो ट्याङ्की निर्माणमा सहभागिता जनाएको सामाजिक अभियन्ता तामाङले बताए ।    




खगेन्द्र कार्की
प्रतिक्रिया