एमाले केन्द्रीय समितिमा झापाबाट १९ जनाको प्रतिनिधित्व हुँदा मोरङबाट पाँचजना मात्र

खगेन्द्र कार्की

विराटनगर । एमालेको ११औँ महाधिवेशनबाट केन्द्रीय समितिमा सबैभन्दा बढी झापाबाट निर्वाचित भएका छन् । झापाबाट अध्यक्ष केपी शर्मा ओलीसहित १९ जना केन्द्रीय समितिमा आएका हुन् । सचिव जितेका मुख्यमन्त्री हिक्मतकुमार कार्की पनि झापाकै हुन् ।

झापाबाट १७ जना केन्द्रीय सदस्यसँगै एक जना अनुशासन आयोगमा समेत निर्वाचित भएका छन् । एकाघरका दाजु भाइसमेत केन्द्रीय कमिटीमा निर्वाचित भएर आए होमबहादुर थापा र गोविन्द थापा साथै हिक्मतकुमार कार्की र दीपक कार्की दाजुभाइ हुन् । केन्द्रीय अनुशासन आयोगको सदस्य जितेकी लीला कट्टेल दीपककी पत्नी हुन् । म परिणाम अनुसार झापाबाट विजयी भएका यसप्रका छन् ।

देवेन्द्र दाहाल, दीपक कार्की, रोमनाथ ओली, अग्नि खरेल, चिन्तन पाठक, होमबहादुर थापा, गोविन्द थापा, मेनुका काफ्ले, सुनिता बराल, मिना उप्रेती पोखरेल, गीता अधिकारी, इन्द्र भण्डारी, मनोज ताम्ली, निता घतानी, जलवर्षा राजवंशी, निर्मला पाठक र एलिजा गौतम रहेका छन् । १९ मध्ये ७ जना नयाँ इन्ट्री गरेका छन् । दुई लाइन संघर्षले मोरङको उपस्थिति कमजोर केन्द्रीय समितिमा बलियो उपस्थिति जनाउँदै आएको मोरङ भने कमजोर भएको छ । मोरङबाट ओलीभन्दा ईश्वर प्यानलबाट उम्मेदवार बढि थिए । संस्थापन इतरको पराजयको असर मोरङमा परेको हो ।

मोरङका ४ जना नेता पदाधिकारीमा भिडेका थिए । केन्द्रीय उपाध्यक्षमा उम्मेदवार बनेका ओली पक्षका गुरु बराल केन्द्रीय सदस्यमा समेत पराजित भएका छन् । ईश्वर समूहबाट सचिव उठेका विनोद ढकाल पनि पराजित भए । उनी केन्द्रीय समितिमा समेत अटाएनन् । सचिवमा पराजित भएका लालबाबु पण्डित केन्द्रीय सदस्यमा भने विजयी भएका छन् । मोरङ ३ बाट प्रतिनिधिसभा लडेका भानुभक्त ढकाल भने सचिवमा निर्वाचित भए ।

झापाबाट १९ जनाको जम्बो टोली अटाएको ठाउँमा मोरङबाट भने पाँच जना मात्र अटाएका छन् । जीवन घिमिरे, ऋषिकेश पोखरेल, शिल्पा कार्की र परशुराम बस्नेत केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । शिल्पा र परशुरामको केन्द्रीय सदस्यमा पहिलोपटक इन्ट्री भएको हो । खेलकुद महासंघका अध्यक्ष रहेका बस्नेत स्वतन्त्र उठेर विजयी भएका हुन् । सुनसरीका जगदीश कुसियैत, मञ्जु भण्डारी र भगवती चौधरी केन्द्रीय सदस्यमा निर्वाचित भए । उनीहरू यसअघि पनि केन्द्रीय समितिमा थिए ।

खगेन्द्र कार्की
प्रतिक्रिया