मेष – लाभदायक समय छ । अर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ । पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्नेछ । ब्यापारमा सोचेअनुरुपको फाइदा होला । शत्रु पन्छाउने उचित समय छ प्रयास गर्नुहोला । प्रेमभाव बढ्नेछ । दाम्पत्यसुखमा रहनुहोला । रोकिएको काममा सफलता मिल्नेछ ।
वृष – आकस्मिक रुपले सफलता वा असफलता मिल्नसक्ने समय छ । रुपैयाँपैसाको कारोबार होला । गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्नेछन् । नयाँ सामान खरिद गर्ने योग छ । आँट र आनन्द वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तजन तपाईंको पक्षमा रहनेछन् ।
मिथुन – आजको दिन खासै राम्रै छैन, मनमा अनावश्यक डरले डेरा जमाउन सक्छ । गरेका कामहरु अधुरा रहन सक्छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ । कसैसँग सामान्य वादविवाद तथा झैझगडा पनि हुन सक्छ, सचेत रही बोली र व्यवहार गर्नु उचित हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । तपाईंको सुझबुझ र विवेकले समस्याको समाधान प्राप्त हुनसक्छ । यात्रागत कार्य सफल हुनेछ ।
कर्कट – मिश्रित परिणाम दिने समय छ । घर-परिवारमा खटपट हुनुका साथै व्यवहारिक समस्याले सताउला । कामहरु अधुरै रहनाले मनमा खिन्न बन्न सक्छ । मित्रजन एवम् परिवारबाट पनि खासै सहयोग पाइने छैन । केहीले सम्मान गर्नेछन् केहीले अनावस्यक डर देखाउलान् । पैसाको कारोबार हुने योग छ । व्यस्तता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।
सिंह – आजको दिन रमाइलोसँग बित्ने देखिन्छ । रोकिएका अधुरा कामहरु पुरा हुनेछन् भने व्यवहारिक समस्याको हल हुनेछ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने समय छ । नयाँ काम थाल्न चाहनेका लागि समय अनुकुल छ । धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउला । पराक्रम र आरोग्यपन बढ्नेछ । रसरागको भाव वृद्धि हुनेछ ।
कन्या – सामाजिक कार्यमा संलग्न हुनुपर्ने समय छ । दान पुण्यका कार्यमा आकर्षण रहला । सोच्दै नसोचेको ठाउबाट आर्थिक लाभ हुनसक्छ । मित्रजनको साथ-सहयोगले धनलाभको बाटो पत्ता लाग्ने योग छ । कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ । पराक्रम र कार्यगति बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
तुला – मेहनत गरेअनुसारको फल नमिल्ने समय छ । काममा बाधा आउनुका साथै आर्थिक हानी हुनसक्छ । स्वास्थ्य कमजोर रहनुका साथै धननास हुने योग रहेकोले सजगभ इ व्यवहार गर्नु हितकर होला । प्रतिकुलताका बाबजुद साहसिक काममा आकर्षण रहनेछ । यात्रागत कार्य लाभदायी सावित हुनेछ ।
वृश्चिक – प्रयासअनुसारको कार्य सफल हुनुका साथै परिआएका समस्याको हल हुने समय छ । आर्थिक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथीसँगको भेटले मन रमाउला । जाँगर बढ्नेछ । आफन्तको सहयोगले रोकिएका कामहरु बन्नेछन् । लगानी बढ्नेछ । मिहिनेतले सुखदायी परिणाम दर्शाउनेछ । शत्रुपक्ष परास्त हुनेछ ।
धनु – समस्याहरु आफै किनारा लाग्ने समय छ । धैर्यताको मात्रा बढाउन सके नियमित कार्यमा थप राम्रो हुनसक्छ । परिश्रम खेर नजाला । प्रगतिको प्रशस्त सम्भावना छ । यात्राको योग पनि छ । आयबल बढ्नेछ भने मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण रहला ।
मकर – कर्मबल बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । यात्राको लागि उचित समय रहेको छ । कृषिकर्म र व्यावसायिक काममा केही चुनौतीको सामना गर्नुपर्ला । परिवारमा हल्का विवाद हुन सक्छ । दायित्व पूरा गर्नुहुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
कुम्भ – सोचेअनुरुप काम नहुने र लेनदेनमा विवाद आइपर्ने समय छ । परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुन सक्छ । खर्चको वृद्धिले गर्दा छटपटी बढ्न सक्छ । सामान्य अस्वस्थताले सताउला । प्रतिकुलताका बाबजुद मिठो भोजन प्राप्तिको योग छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मीन – आज त्यसै-त्यसै अलमल गराउने खालको समय छ । नियमित कार्यमा खासै मन नजान सक्छ । तथापि, आँटेगरेका काम पूरा हुनुका साथै समस्याको समाधान हुनेछ । परिवारबाट सुख मिल्ने दिन छ । बिग्रिएको प्रेमसम्बन्धमा केही सुधार आएपनि मन अशान्त नै रहन सक्छ । दौडधुप बढ्नेछ र अन्ततः समस्याको समाधान मिल्ने योग छ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो