दमकको चुलाचुली आमाविले मनायो ४५ औं अभिभावक दिवस

खगेन्द्र कार्की

दमक/  दमक–१ स्थित चुलाचुली अंग्रेजी बोर्डिङ माध्यमिक विद्यालयले स्थापनाको ४५ वर्ष प्रवेश गरेको सन्दर्भ पारेर अभिभावक दिवस मनाएको छ । विद्यालय पुस १४ गतेका दिन स्थापना भएको छ ।  विद्यालयले विद्यार्थी, विद्यालय परिवार र अभिभावकबीचको सम्बन्धमा सेतुको काम गर्ने ४५ औं अभिभावक दिवस सम्पन्न गरेको हो । 

स्थापना दिवसको १ महिनापछि विद्यालयमा उल्लेख्य अभिभावकहरुको उपस्थितिमा मनाइएको अभिभावक दिवसमा विभिन्न मनोरञ्जनात्मक खेल, एकल तथा सामूहिक नृत्यहरु प्रस्तुत गरियो । कक्षा नर्सरीदेखि ५ सम्मका विद्यार्थीका अभिभावकहरुलाई बोलाएर सो दिवस मनाइएको हो । उक्त दिवसले अभिभावकलाई मनोरञ्जनमात्र प्रदान गरेको छैन आफ्ना नानीबाबुहरुको अतिरिक्त क्रियाकलाप देखेर स्वर्गीय आनन्द प्राप्त गर्दै दंग परेका छन् । 

स्कूलमा आयोजित विशेष कार्यक्रममा नर्सरीदेखि आधारभूत तहसम्मका विद्यार्थीहरुले कलात्मक गीत,नृत्य प्रस्तुति गरेर मनोरञ्जन प्रदान गरेका छन् ।
कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक वेषभूषामा सृजनशील प्रतिभा प्रस्तुत गरेका थिए भने अभिभावकहरुवीच खेलकुदका कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

कक्षा नर्सरीदेखि आधारभूत तहसम्मका विद्यार्थीहरुले गीत ,नृत्य तथा साँस्कृतिक गरि विभिन १२ वटा आर्कषक प्रस्तुतिहरु देखाएका बिद्यालयका संस्थापक प्रिन्सिपल चन्द्रप्रकाश राईले जानकारी दिए । विशेषगरि मारुनी, लिम्बूसहितका एकल तथा सामूहिक नृत्य देखाएका थिए । त्यसैगरि, विद्यार्थीहरुले आफ्नो वाककला समेत प्रस्तुत गरेका थिए ।

सो अवसरमा स्कूलले अभिभावकबीचको इनआउट खेलमा आशिष चेम्जोङ, प्रकाश थापा र मदन तामाङ क्रमशः पहिलो, दोस्रो र तेस्रो भएर पुरस्कृत बने । महिला अभिभावकको तातो आलु खेलमा पहिलो सुनिता अधिकारी, दोश्रो शान्तिकला राई र कल्पना राईले तेस्रो स्थान हाँसिल गरेर पुरस्कृत भईन् ।

बोअलिङतर्फ कमलप्रसाद आङ्देम्बे, मकरबहादुर तामाङ र कार्यक्रमका प्रमुख अतिथि कुबेरप्रसाद भट्टराई क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल भए ।
लगायतका स्कूलका संस्थापक निर्देशक मनोज साम्पाङ राईको अध्यक्षता तथा दमक ९ का वडाध्यक्ष समेत रहेका नगर शिक्षा समितिका संयोजक कुबेरप्रसाद भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो भने दमक १ का पूर्व वडाध्यक्ष ताराप्रसाद अधिकारी, कमल प्रसाद आङदेम्बे, श्रीप्रसाद वनेम लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा स्कूलका शिक्षक रमण दाहालले विद्यालयको प्रगति बारेमा अभिभावकहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा शिक्षक विनोद भण्डारीले मनोरञ्जनात्मक खेलको संयोजनमा सम्पन्न भएको थियो भने स्कूलका प्रिन्सीपल राईले धन्यवाद ज्ञापन गरेका थिए ।

खगेन्द्र कार्की
प्रतिक्रिया