फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता
काठमाडौं। सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट ल्याएर काठमाडौं उपत्यकामा वितरण गरिँदै आएको खानेपानी भोलिदेखि बन्द हुने भएको छ ।
मेलम्ची खोलास्थित पानीको मुहानमा आवश्यक मर्मत सम्भार गर्नका लागि १ जेठदेखि केही समयका लागि पानी बन्द गर्न लागिएको आयोजनाले जनाएको छ ।
मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई साताका लागि पानी वितरण बन्द हुने बताएका छन् ।
सामान्य बाढी आएका बेला आयोजना सञ्चालनमा नै राख्नेगरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उनले जानकारी दिएका छन् ।
गत मंसिर अन्तिम साता मेलम्चीको खानेपानी आधा वर्षपछि पुनः काठमाडौं उपत्यकाका बासिन्दाका धारासम्म ल्याएर वितरण थालिएको थियो ।
पछिल्लोपटक २०७७ साल चैत दोस्रो सातादेखि काठमाडौं उपत्यकामा खानेपानी वितरण सुरु भएको थियो । तर, २०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढी, पहिरोले संरचनामा नै क्षति पु(याएपछि खानेपानी वितरण बन्द गरिएको थियो ।
त्यसपछि बाढीले क्षति गरेको संरचना मर्मत गरेर अस्थायी रुपमा बनाएको संरचनामार्फत २०७९ वैशाख ११ मा पुनः पानी वितरण गरिएको थियो । सवा एक महिना पानी वितरण गरेपछि बाढीबाट सुरुङलाई जोगाउन भन्दै पुनः पानी वितरण बन्द गरिएको थियो ।
आयोजनाले वर्षा सकिएपछि मेलम्चीको पानी सुरुङमा प्रवेश गराएको हो भने शुक्रबारदेखि काठमाडौं उपत्यकाका धारामा वितरण सुरु गरिएको थियो ।
योपटक वर्षा सुरु हुनै लाग्दा आयोजनाले सामान्य अवस्थामा नै खानेपानी बन्द नगर्ने गरी मर्मत सम्भार गर्न लागेको हो ।
मेलम्ची आयोजनाको सुरु विस २०५८÷५९ मा नै भएको थियो । आयोजना सुरु गर्दा २०६४र६५ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । निर्माणमा ढिलासुस्ती, राजनीतिक अस्थिरता, नाकाबन्दी, भूकम्प, कोरोनालगायतका कारण निर्माणको अवधि पटक पटक थपिन पुगेको थियो ।
मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरणपूर्व ठूलो संख्यामा उपत्यकाबासीले खानेपानीका लागि निजी ट्यांकीको भर पर्नुपर्ने अवस्था रहँदै आएको थियो । मेलम्चीको पानी वितरणपछि भने खानेपानीको केही सहजता पैदा हुँदै आएको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो