दमकका सामुदायिक तथा संस्थागत विद्यालयको यसवर्षको एसईई नतिजा

खगेन्द्र कार्की

दमक/ झापाको दमकमा २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाले दमकबाट ६ जना विद्यार्थीले ४ जीपीए ल्याएर उत्कृष्ट बनेका छन् । यो वर्ष दमकबाट सामुदायिकका ६५.६९ र निजीमा ७९.९५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।  

४ जीपीए ल्याउने विद्यार्थीको संख्या सामुदायिकबाट २ जना र संस्थागतबाट ४ गरी ६ जना रहेका छन् । जसमा सामुदायिकबाट हिमालय माध्यामिक विद्यालय दमक–२, साधारणधार र सोही विद्यालयको प्राविधिक धारबाट २ जना विद्यार्थी परेका छन् भने संस्थागत विद्यालयबाट सिद्धार्थ बोर्डिङ मावि दमक ७ बाट २ जना, मदरल्याण्ड इंग्लीस  बोर्डिङ दमक ५ बाट १ जना र झापा मोडेल इंग्लीस सेकेण्डरी दमक–८ बाट १ ले ४ जीपीए ल्याएका छन् । 

पाँच वटा विद्यालयको नतिजा न्युन देखिएको छ । दमक नगरपालिकाले उपलब्ध गराएको तथ्याङ अनुसार दमक–९ सरस्वती मावि, दमक–४ कृष्ण माध्यमिक विद्यालय, दमक ३ चुलाचुली माध्यमिक विद्यालयको नतिजा न्युन देखिएको छ । यसैगरी निजी तर्फ दमक–६ गायत्री विद्यापिठ र दमक–९, समता स्कुल मेचीको नतिजा न्युन देखिएको हो । 

९८ विद्यार्थी परीक्षामा सहभागी भएको सरस्वती माविबाट २६ जना अर्थात २७.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन भने ६८ जना विद्यार्थी ननग्रेडेडमा परेका छन् । १९ जना विद्यार्थी परीक्षामा सहभागी भएको कृष्ण माविबाट ४ जना अर्थात २१.०५ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भई १५ जना ननग्रेडेडमा परेका छन् । ५२ जना विद्यार्थीले परीक्षा दिएको चुलाचुली माविबाट ११ जना अर्थात २१.१५ प्रतिशत विद्यार्थी मात्र उत्तिर्ण भएका छन् भने ४१ जना विद्यार्थी ननग्रेडेडमा परेका छन । 

यसैगरी संस्थागत विद्यालय अन्तर्गतका गायत्री विद्या पिठका १२ जना विद्यार्थीमा १ जना अर्थात ८.३३ प्रतिशत मात्र पाए भएर ११ जना ननग्रेडेडमा परेका छन् । यस्तै समता स्कुलका १३ जना विद्यार्थीले परीक्षा दिएकोमा १ जना अर्थात ७.६९ प्रतिशत उत्तीर्ण हुँदा १२ जना ननग्रेडेडमा परेका छन् ।  

यि बाहेकका अन्य विद्यालयको एसईई नतिजा सन्तोषजनक रहेको छ । सामुदायिक विद्यालय तर्फ ९० जना विद्यार्थीलाई परिक्षामा सहभागी गराएको ढुकुरपानी मावि दमक ३ मा ५१ जना अर्थात ५६.६७ प्रतिशत उत्तीर्ण भएका छन् भने ३९ जना ननग्रेडेड देखिएका छन् । २५९ जना विद्यार्थीलाई परीक्षामा बसाएको हिमावि साधारणधारबाट २६४ अर्थात ८९.४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३१ जना ननग्रेडेडमा परेका छन् ।  हिमावीकै प्राविधिक धारबाट परीक्षामा सहभागी भएका ४६ जना विद्यार्थी सतप्रतिशत उत्तीर्ण भएका छन् । 

४२ जना विद्यार्थीले परिक्षा दिएको दमक ९ को सरस्वती मावि प्राविधिक धारबाट ४१ जना अर्थात ९७.६२ प्रतिशत उत्तीर्ण भएका छन् । यस्तै ४२ जना नै विद्यार्थी परीक्षा सहभागी भएको सिंहदेवी मावि दमक १० बाट २७ जना अर्थात ६४.२९ प्रतिशत उत्तीर्ण भएका छन् । 

यसैगरी ७५ जना विद्यार्थी सहभागी गराएको दमक ७ को पृथ्वी माविबाट ३५ अर्थात ४६.६७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ३० जना विद्यार्थीमध्ये १८ जना अर्थात ६० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल दमक १ को भृकुटी माविबाट १२ जना ननग्रेडेडमा परेका छन् । १८ जना मध्ये १० जना अर्थात ५५.५६ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको दमक ८ को पशुपति संस्कृति माविबाट ८ जना ननग्रेडेडमा परेका छन् । दमक ९ कै पाणिनी माविबाट परिक्षा दिएका ५४ जना विद्यार्थीमध्ये ३० जना अर्थात ५५.५६ प्रतिशत विद्यार्थी उत्तीर्ण भए भने २४ जना विद्यार्थी ननग्रेडमा परेका छन् । 

यसैगरी संस्थागत विद्यालयबाट मेची आमावि दमक ५ बाट २६ जना विद्यार्थीमा सतप्रतिशत नतिजा निकालेको छ । एमरेष्ट बोर्डिङ हाइस्कुल दमक–८ बाट पनि ३६ जना विद्यार्थी सतप्रतिशत उत्तीर्ण भएका छन् । सतप्रतिशत उत्तीर्ण हुने विद्यालयहरुमा सुर्योदय अंग्रेजी मावि दमक ६बाट ८३ जना, सिद्धार्थ बोर्डिङ मावि दमक ६ बाट १२२ जना, इष्र्टन स्टार इंग्लीस बोर्डिङ स्कुल दमक ७ बाट २४ जना, अक्सफोर्ड अंग्रेजी सेकेण्डरी स्कुल दमक ३ बाट २३ जना, झापा मोडेल इंग्लीस सेकेण्डरी स्कुल दमक ८ बाट ७३ जना, दमक ८ कै इलाइट इंग्लीस स्कुलबाट २२ जना, ड्रिमल्याण्ड इंग्लीस स्कुल दमक–५ बाट १९ जना, दमक २ को सनराईज मोडेल स्कुलबाट २७ जना, सर्वोदय इंग्लीस बोर्डिङ मावि दमक ५ बाट १९ जना, प्रजिता एजुकेशन एकेडेमी दमक १ बाट २८ जना, हिमज्योति इंग्लीस बोर्डिङ स्कुल दमक–९ बाट २० जना, नेपाल जापान फ्रेण्डसीप स्कुल १८ जना उत्तीर्ण भई सतप्रतिशत नतिजा निकालेका छन् । 

यसैगरी, चुलाचुली इंग्लीस बोर्डिङ मावि दमक १ बाट ८१ विद्यार्थीमा ६५ जना विद्यार्थी उत्तीर्ण भएका छन् । ग्लोवल एजुकेशन एकेडेमी दमक ६ बाट ७८ जनामा ७२ जना उत्तीर्ण भएका छन । यस्तै मदरल्याण्ड इंग्लीस स्कुल दमक ५ बाट ६३ जनामा ६२ जना उत्तीर्ण भएका छन् । नरेन्द्र मेमोरियल इंग्लीस स्कुल दमक ६ बाट २३ जना विद्यार्थीमा ११ जना, ब्राइट स्टार इंग्लीस स्कुल दमक ९ बाट १६ जना मध्ये १५ जना, दमक ४ को पाथीभरा अंग्रेजी माविबाट ३० जना मध्ये २९ जना, दमक ८ को दमक आदर्श बोर्डिङ स्कुलबाट २५ जनामध्ये २४ जना, एकता एकेडेमी इंग्लीस स्कुल दमक ४ बाट ५३ जना विद्यार्थीमध्ये ४१ जना, विद्यालक्ष्मी सेकेण्डरी इंग्लीस स्कुल दमक ४ बाट १५ जनामध्ये ९ जना, रोजिएट लाइट इन्टिच्युट दमक ८ बाट ३१ जना मध्येबाट २९ जना, दमक ८ कै शिखरज्योति इंग्लीस स्कुलबाट १६ मध्ये ११ जना, ग्रिनवे एजुकेशन  एकाडेमी दमक ५ बाट २८ मध्ये २५ जना, दमक ९ को सप्तश्री एकेडेमीबाट २३ मा २२ जना, श्री इन्स्पायर एकाडेमी दमक ९ बाट २६ मा २२, दमक ३ को मनकामना एकाडेमीबाट १० मध्ये ८ जना विद्यार्थी उत्तीर्ण भएका छन् । 

सामुदायिक विद्यालयबाट ८५७ जना विद्यार्थी मध्ये ५६३ जना उत्तीर्ण भएका र २९४ ननग्रेडमा परेका छन भने संस्थागतबाट १०८३ सहभागी विद्यार्थी मध्ये ९८८ जना उत्तीर्ण भई ९५ जना ननग्रेडमा परेका छन । दमकबाट १९४० विद्यार्थीमा १५५१ जना उत्तीर्ण हुँदा ३८९ ननग्रेडमा पर्दा ७९.९५ प्रतिशत उत्तीर्ण भएका छन् । 


खगेन्द्र कार्की
प्रतिक्रिया