मेष – आजको दिन रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । प्रेमको बन्धन कसिनेछ । यदि सवारीसाधन प्रयोग गर्नुहुन्छ भने विशेष सावधानी अपनाउनुहोला । आश्वासन दिनेले झुक्याउन सक्छन् । अरूको पूरै विश्वासमा पर्दा धोका मिल्न सक्छ, सचेत रहनुहोस् । आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ ।
वृष – समय शुभदायी छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहला ।
मिथुन – बलजफ्तीले चिताएको काम बिग्रन सक्ने तथा सहमति भंग हुने सम्भावना छ । धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ । आज यात्रामा समस्या आउने र बाध्यताका काममा जुट्नुपर्ने योग भएकोले सोअनुसार सावधानी अपनाउनुहोला । जीवनािथीको माध्यमबाट राम्रै लाभ होला । वर्चश्व वृद्धि हुनेछ, रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नुका साथै सुख सुविधाको बस्तु बढ्नेछ ।
कर्कट – कर्मयोग बढ्नेछ । चुनौतीपूर्ण कामको दायित्व लिनुपर्ला । धेरै परिश्रमपछि न्यून मात्र सफलता मिल्नेछ । आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । तापनि आवश्यक कार्यले पूर्णता पाउनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
सिंह – बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । विभिन्न अवसर जुटे पनि अरूलाई अनावश्यक वचन दिने बानीले दुःख पाइनेछ । तथापि, आजको दिन शुभ समाचार प्राप्त हुने योग छ । आफन्तसित भेटघाट हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कन्या – आज स्वास्थ्य कमजोर रहन सक्छ, खानपानमा ध्यान दिनुहोला । व्यावसायिक काम बीचमा अवरुद्ध भए पनि आम्दानीमा भने कमी आउने छैन । प्रेमको बन्धन कसिने बेला छ । दाम्पत्य जीवन सुखद बन्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । साझेदारीको कार्यमा पनि सफलता मिल्ला । आशा उत्साह थपिनेछ ।
तुला – आजको दिन काम बिग्रने भयले सताउला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । तथापि, आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । नयाँ कार्यमा सफलता पाउनुहुनेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।
वृश्चिक – आजको दिन बदनाम व्यक्तिहरूले सहयोगको तत्परता देखाउनेछन्, सजग रहनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । शोख पूरा गर्नमा खर्च हुनेछ । साहस वृद्धि हुनेछ । दायित्वका साथै कर्मबल बढ्नेछ । आफन्तको सहयोग बढ्ला । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।
धनु – विगतका समस्या बल्झिन सक्छन् तर आजको दिन प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् ।सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला । प्रेमभाव र कर्मबल बढ्नेछ । आरोग्यता रहनेछ । देखिएको समस्याको समाधान गर्नुहुनेछ ।
मकर – ब्यस्तता बढ्ने समय छ । आजको दिन शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । रसरागमा रुचि बढ्ला । नयाँ सम्भावना देखा पर्ला । यात्रामा सफलता पाउनुहुनेछ । इष्टमित्रको सहयोग मिल्नेछ ।
कुम्भ – पराक्रम वृद्धि हुने दिन भए पनि न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ला । लगानी र श्रमको उचित मूल्य नमिल्ला । सामाजिक उत्तरदायित्व बहन गर्दै विशेष जिम्मेवारी हात पार्ने समय छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागको भाव वृद्धि हुनेछ ।
मीन – इर्ष्यालु पात्रले काममा अवरोध पुर्याउन सक्छ । शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्छ, सावधान रहनुहोला । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । पराक्रम वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । सुखी र सफल रहनुहुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो