इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै दलहरूले घोषणापत्र र अपिल सार्वजनिक गर्ने क्रम तीव्र बन्दै गएको छ। यसै क्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले झापा क्षेत्र नं. ५ लक्षित ३५ बुँदे अपिल सार्वजनिक गर्दै पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई विजयी गराउन मतदातालाई आग्रह गरेको छ ।
अपिलमा राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्रको सुदृढीकरण, विदेशी हस्तक्षेपको अन्त्य, भ्रष्टाचार र कुशासनविरुद्ध अभियान, युवालाई सीपमूलक शिक्षाको अवसर, रोजगारी सिर्जना र अर्थतन्त्रलाई चलायमान बनाउनका प्रतिबद्धता समावेश छन्। साथै कृषिक्षेत्रलाई आत्मनिर्भर बनाउने र औद्योगिक विकासमार्फत उत्पादन वृद्धि गर्ने वाचा गरिएको छ ।
स्थानीय स्तरमा अधुरा विकास आयोजनाहरू पूरा गर्ने, दमक–रविबाट चिसापानी जोड्ने सडक, हुलाकी सडक, मध्यपहाडी लोकमार्ग र मदन भण्डारी मार्गका निर्माण कार्य सम्पन्न गर्ने योजना पनि अपिलमा समावेश छ । त्यस्तै, भूमिहीन दलित र सुकुम्वासीलाई जग्गाधनी पूर्जा वितरण, नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माण र स्मार्ट सिटीको अवधारणाअनुसार दमक, गौरादह र गौरीगञ्ज बजार विकास गर्ने वाचा गरिएको छ ।
स्वास्थ्य क्षेत्रमा दमक अस्पताललाई प्रदेशस्तरीय बनाउन, स्थानीय अस्पतालहरूलाई सशक्त बनाउने, आम्दा अस्पतालमा विशेषज्ञ सेवा विस्तार गर्ने तथा प्रादेशिक आयुर्वेद अस्पताललाई १०० शैयाको रूपमा स्तरोन्नति गर्ने प्रतिबद्धता एमालेलो दिएको छ ।
शिक्षामा जीर्ण विद्यालय भवन हटाएर बालमैत्री संरचना निर्माण, विषयगत शिक्षक दरबन्दी र गुणस्तर अभिवृद्धिमा जोड दिइएको छ। साथै साधुहोली सिमसारलाई नमूना पर्यटकीय क्षेत्र र आदिवासी रङ्गशालालाई आधुनिक रंगशाला बनाउने योजना पनि अपिलमा समेटिएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो