मोरङ। सुनसरी स्थित ईनरुवा - ८को त्रिभुवन मा.वि मा अध्ययनरत विद्यार्थीहरुलाई सेभ द अर्थ सुनसरीले महिनावारी स्वच्छता तथा सरसफाई अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ। विद्यार्थीहरुमा रजस्वाला हुँदा उत्पन्न हुने समस्याहरुको न्यूनीकरण तथा शारीरिक सरसफाईबारे चेतना फैलाउने उदेश्य सहित गरिएको उक कार्यक्रम गैर आवसिय नेपाली संघ अष्ट्रेलिया र एजुकेट द चिल्ड्रेन (ई.टी.सी) को सहयोग तथा रामधुनी नगरपालिका वडा नम्बर ९ सँगको समन्वयमा सेभ द अर्थ सुनसरीले सञ्चालन गरी सम्पन्न गरेको हो।
कार्यक्रममा विद्यार्थीहरुलाई माहिनावारी स्वास्थ्यका विविध पक्षबारे जानकारी गराइएको थियो । उनीहरुलाई महिनावारी के हो, महिनावारी हुँदा कसरी सरसफाईमा ध्यान दिने, यस समयमा शरीरमा कस्ता परिवर्तन आउँछ साथै यस समयमा कस्ता खानेकुरा खानुपर्छ आदि विषयमा अभिमुखीकरण गरिएको कार्यक्रमकी सहजकर्ता अनु चौधरीले बताइन् । उनका अनुसार विद्यार्थीहरुले स्वास्थ्य विषय अध्ययन गर्ने भएतापनि त्यो प्रभावहीन बन्ने गरेको छ । छात्रा मात्रको समुहमा यस्तो कार्यक्रम प्रभावकारी हुने उनको भनाइ छ । कार्यक्रममा उनले महिला तथा युवतीहरु महिनावारी स्वास्थ्य तथा सरसफाइ बारेमा बोल्न हिच्किचाउने गरेको भन्दै यस्तो विषयमा खुल्ला रुपमा सहज तरिकाले बाल्नुपर्नेमा जोड दिइन् । उनले महिनावारीको समयमा असावधान हुँदा आउने उत्पन्न हुने बाँझोपन जस्ता जटिलताहरुका विषयमा पनि विद्यार्थीहरुलाई सुसूचीत गराएकी थिइन् ।
कार्यक्रममा कक्षा ६, ७ र ८ मा अध्ययनरत कूल ६८ छात्रा विद्यार्थीहरु सहभागीता रहेको थियो । कार्यक्रमको आयोजना विद्यायलमा गर्नुबारेको औचित्यमा बोल्दै सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराईले विद्यालयमा यस्तो विषयमा जानकारी गराउँदा उनीहरु मार्फत नै परिवार अनि समुदाय स्तरमा परिवर्तन ल्याउन सकिने बताए । उनले महिनावारीको समयमा विद्यार्थीहरु विद्यालय नै नजाने गर्ने प्रवृत्ती रहेको हुँदा उनीहरुको पढाइमा पनि यस कार्यक्रमले सकारात्मक परिवर्तन पार्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा समाजले हेला गरेको भनिएका रोगहरु, जुका पर्ने, लुतो तथा कुष्ठरोगको बारेमा पनि सेभ द अर्थका मनिस सुवेदीले विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा विद्यार्थीहरुलाई एक एक प्याकेट स्यानेटरी प्याड समेत वितरण गरिएको थियो ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो