जेनजी अभियन्ता रक्षा बमको जेनजी फ्रन्टको दमकमा जागरणसभा

खगेन्द्र कार्की

https://www.facebook.com/share/v/17qsEBNMcS/

दमक । जागरणसभाका क्रममा जेनजी फ्रन्ट संयोजक रक्षा बम झापाको दमकमा आएकी छन् । सरकार र जेनजी आन्दोलनकारीबिच भएको औपचारिक सम्झौतापछिको नयाँ चरणमा नेपाल जेनजी फ्रन्टले देशभर ‘जागरण सभा’ का क्रममा उनी झापा आएकी हुन् । बलले बताए अनुसार पहिलो जागरणसभा झापा क्षेत्र नम्बर ५ बाट सुरु हुने घोषणा बमोजिमको कार्यक्रम आइतबार सम्पन्न गरेको छ । दमक ५ स्थित जेनजी जागरणसभालाई सम्बोधन गर्दै उनले पुराना राजनीतिक संस्कार विस्थापन गरी नयाँ संस्कारको विकास आवश्यक रहेको औंल्याएकी छन् ।

उनले भनिन– पुरानै राजनीतिलाई नयाँ पुस्ताले पनि पछ्यायो भने फेरी भ्रष्टाचार, सुशासनको अवस्था उस्तै रहने पनि बताईन ।

सो जागरणसभालाई सम्बोधन गर्दै जेनजी अभियान्ता यतिष ओझाको भनाई एमाले महाधिवेशनतिर तेर्सिएको थियो । उनले एमाले महाधिवेशनमा बोल्ने वक्ताहरुले २४ गते सिंहदरबार जालाउनेलाई विर्सेका छैनौ भन्दै दिएको अभिव्यक्तिको जवाफमा ओझाले भने– देश जोगाउने, जनताको रक्षा गर्ने प्रणका

जेनजी.... साथ शपथ खाएर प्रधानमन्त्री, मन्त्रीको कुर्सीमा बसाएको होइन अनि खोई देश र जनता जोगाएको ?  विध्वंस रोक्नुको सट्टा भाग्ने अनि अहिले २४ गतेको रोइलो गर्ने उनले प्रश्न गरे ? उनले भने अहिले कुन नैतिकताले २४ घटना मात्र देखिरहनु भएको छ ? उनले सोधे । नेशनल जेन जी फ्रन्टको आयोजना र अग्रगामी झापा ५ को स्थानीय व्यवस्थापनमा सो कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रमबाट यूवा पुस्ता परिवतर्नको पक्षमा रहेको प्रष्ट झल्किन्थ्यो ।


खगेन्द्र कार्की
प्रतिक्रिया