आजको पाठकको पुर्पुरो : वि.सं.२०७९ चैत्र १६ गते (तद्अनुसार सन् २०२३ मार्च ३० तारिख) बिहीबार

खगेन्द्र कार्की

मेष – आजको दिन स्वास्थ्यप्रति विशेष ध्यान राख्नुहोला । अनावश्यक भेटघाटको क्रमले आवश्यक कामकुरा बिथोलिन सक्छ । चुनौतीहरू आइपरे पनि सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – आजको दिन मनोरञ्नपूर्ण रहला । रसरागका प्रसङ्गले अन्य महत्वपूर्ण कार्यमा ब्यवधान आउने सम्भावना रहेकोले संयमता अपनाउनु हितकर हुनेछ । स्वास्थ्यसम्बन्धी पुरानो समस्या बल्झिन सक्छ । आम्दानीको स्रोत बढ्ने र पारिवारिक आवश्यकता पूर्ति हुने योग छ । श्रमको उचित मूल्यांकन होला । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – आज लाभदायक कार्यको अवसर आउला, तर अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि पर्न सकिने योग रहेकोले सचेतनापूर्ण व्यवहार गर्नुहोला । धैर्यले काम लिने समय छ । मित्रजनको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीब्रता आउने, जोश-जाँगर बढ्ने र पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । खर्च वृद्धि होला । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने दिन छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । सुख सुविधाका वस्तु बढ्नेछ । रसरागमा आकर्षण रहला । पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति हुने योग छ ।

सिंह – प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । व्यवसायिक कर्मको उचित प्रतिफल पाइनेछ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । दाम्पत्य सम्बन्धमा खटपट उत्पन्न हुन सक्छ, सावधान रहनुहोला । व्यावसायिक यात्राको सम्भावना छ । मित्रजनको साथ मिल्नेछ । पारिवारिक सखशान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – सामर्थ्य वृद्धि हुनेछ । विगतको श्रमबाट भने लाभ हुने समय छ, तर लेनदेनमा विवाद बढ्न सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई जथाभावी वचन दिँदा प्रत्युत्पादक रहला । तथापि, रोकिएका काम सम्पादन हुनेछन् । परिवारजनमा आत्मीय भाव बढ्नेछ । रचनात्मक काममा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ मिल्ला ।

तुला – भाग्यबल वृद्धि हुनेछ । सहयोगीहरूले राम्रै साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइएला । गरी आएका काम र व्यापार-व्यवसायमा फाइदा हुनेछ । रसरागमा रुचि बढ्नेछ । आज विशेष योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – दौडधुप बढ्ने दिन भए पनि विभिन्न दृष्टिले लाभप्रद रहला । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । आजको दिन समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । दाम्पत्य सम्बन्ध सुमधुर हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मौकाको फाइदा लिन सकिनेछ । शुभ काममा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्दा बेस होला ।

धनु – आज आत्मीय जनसँग असमझदारी वा मनमुटाव बढ्ने सम्भावना रहेकोले सावधानी अपनाउनु उचित हुनेछ । निर्णायक क्षमतामा कमी आउला । तथापि, धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – आजको दिन व्यवसायिक दृष्टिले लाभदायी रहला । विद्यार्थीहरुका लागि पनि दिन राम्रो छ । तथापि केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । आयस्रोत बढ्ला ।

कुम्भ – आजको दिन तपाईंका कमजोरीमाथि टीकाटिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लागेर वादविवादको सम्भावना रहेकोले बोली र व्यवहारमा लगाम लगाउनु हितकर हुनेछ । आश मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । प्रेमबल बढ्नेछ । सन्तानको सुख मिल्नेछ । यात्रामा सफलता प्राप्त होला ।

मीन – व्यस्तता बढ्नेछ । धन आर्जन हुने समय छ तर काममा लगनशील बन्न नसक्दा आलोचनाको शिकार बन्न सकिनेछ । आफन्तको साथ कमै मिल्ला । लेखन प्रकाशनसित सम्बन्धित काममा भने सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला । साझेदारीको काम बन्नेछ । शत्रुलाई जीत्ने सामर्थ्य बढ्ला । सुखविलास बढ्नेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया