हर्कराज राई साम्पाङ सुनसरी–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित

सुप्रिया राई

इटहरी । सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट हर्कराज राई साम्पाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

धरानका पूर्व मेयर समेत रहेका राई श्रम संस्कृति पार्टीका अध्यक्ष हुन् । उनले ३५ हजार ७ सय ४१ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (सरिन) ले २७ हजार २ सय ४९ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी नेकपा एमालेका उम्मेदवार टिकाराम लिम्बूले ६ हजार ४ सय ६३ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका सूर्यबहादुर भट्टराईले ६ हजार १ सय ८५ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङले ३ हजार ९ सय ७० मत प्राप्त गरेका छन् ।


सुप्रिया राई
प्रतिक्रिया