मोरङसुनसरी सेवा समाज कतारमा पुनः बराईली, १८ औं साधारणसभा सम्पन्न

खगेन्द्र कार्की

दिलिप पराजुली

कतार । मोरङसुनसरी सेवा समाज सामाजिक संस्था स्थापना भएको देश कतारले संस्थाको १८ औं साधारणसभा सम्पन्न गरेको छ । कतारको सम्सरा थकाली रेष्टुरेन्टको सभाहलमा आयोजित संस्थाका पुर्व अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थितिका कार्यक्रम सम्पन्न गरेको हो । सोही साधारणसभाबाट कार्यक्रमको अध्यक्षता गरिरहेका संस्थाका अध्यक्ष भीम बराईलीकै अध्यक्षतामा पुनः १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । 

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष द्वयमा लिलानाथ घिमिरे,  शुष्मा खतिवडा कटुवाल, सचिवमा अच्युत भट्टराई, कोषाध्यक्षमा जिवन याख्खा राई, सहसचिवमा द्वय सुजन ढकाल र गोबिन्द बिश्वकर्मा र सहकोषाध्यक्ष द्वयमा पर्शुराम बन्जारा र सबिता दाहाल भट्टराई छानिएका छन् । यसैगरी सदस्यहरुमा सुनिता कोइराला अचार्य, प्रेम बस्नेत, बिरिन कठायत, गमला बस्नेत खतिवडा, मुना थापा, भानुभक्त शर्मा, होम कार्की, बबिन दाहाल , गणेश श्रेष्ठ र दिनेश बस्नेत (दिल) चुनिएका हुन् । 

नेपालमा आइपरेका विषम परिस्थितिसँगै शिक्षा, स्वास्थ्य र आपतविपतमा अब्बल साथ र सहयोग पु¥याउँदै आएको उक्त संस्था मोसु अभियानको पहिलो संस्था हो मोसु कतार । 

“मोरङसुनसरीको चाहना सभ्य र समृद्द समाजको स्थापना”भन्ने मूल नाराका साथ मोरंगसुनसरीमा स्थायीवसोवास भई वैदेशिक रोजगारीका शिलशिलामा कतारमा वसोवास गरिरहेका हामी मोरंगसुनसरी जिल्लावासीहरु बीच एकआपसमा भाईचाराको सम्वन्धलाई विकास गर्ने, सामाजिक आचरणमा सुधार ल्याउने, आर्थिक समृद्धिका लागि सहजिकरण गर्ने साथै आपसी सहयोगको माध्यमबाट नेपाल र नेपालीको उन्नती र सम्मृद्धिका लागि आवश्यक गतिविधिहरु संचालन गर्न एक सक्षम संस्थाको आवश्यकता महशुस गरी २ मार्च २००१ मा स्थापना भएको पूर्व अध्यक्ष तेज कटुवाल बताउँछन् ।

कटुवालका अनुसार विभिन्न आरोह अवरोह पार गर्दै २२ सेप्टेम्बर २०२३ का दिन १८ औ साधारण सभा सम्पन गर्न सफल सफल भएको उनको प्रतिक्रिया रहेको छ । 

पूर्व अध्यक्षको हैसियतले आफू जहाँ, जुन अवस्थामा रहे पनि संस्थाको उद्देश्य र लक्ष्य प्रति दृढ संकल्पित भई साथ सहयोग सदैव इच्छुक रहेको प्रतिक्रिया दिएका छन् । 

यस्तै नयाँ कार्यसमिति चयन भएपछि प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष बराईलीले आफ्नो कार्यकालको कार्यमितिका हरेक योजनामा साथ र सहयोग गर्दै १८ औं साधारणसभामा ल्याएर पनि पुनः आफूलाई अध्यक्षको जिम्मेवारी दिएकोमा धन्यवाद दिँदै हिजोका दिन झै अबका दिनमा साथ र सहयोग रहने अपेक्षा राखे । उनले यस पटकका साधारणसभा संस्थाका पूर्व तथा वर्तमान पदाधिकारीहरुका बीचमा सम्पन्न गरिएको जानकारी पनि गराए । 


खगेन्द्र कार्की
प्रतिक्रिया