भेरी नदीमाथि बनेको बेलीब्रिज भाचिँदा नौ जना घाइते

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता

काठमाडौं । रुकुम पश्चिम हुँदै डोल्पा जोड्ने भेरी नदीमाथि बनेको बेलिब्रिज पुल भाँचिदा ९ जना घाइते भएका छन्।

जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठबिसकोट जोड्ने निर्माणाधीन अवस्थाको बेलिब्रिज भाँचिएको हो।

घाइतेहरुको उद्दार गरेर उपचारका लागि जाजरकोटको तल्लुस्थित प्रथामिक स्वास्थ्य केन्द्र (नलगाड अस्पताल) पठाइएको प्रहरीले जनाएको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया