फाष्ट मिडिया नेपाल संवाददाता
इटहरी । पेशागत मर्यादा विपरितको आचरण देखाएमा नो कम्प्रमाइजको नीति लिएको सशस्त्र प्रहरी बलले एक वर्षमा डिएसपीसहित ८६ जना विभिन्न कारवाही भएको बताएको छ ।
आचारणविपरीत कार्य गर्ने दुई डिएसपी, दुईजना प्रहरी निरीक्षक र चारजना सईलाई विभागीय कारबाही चलिरहेको कोसी प्रदेशस्तरीय सशस्त्र प्रहरी बल बराह बाहिनी पकली सुनसरीले जनाएको छ ।
डिआइजी अञ्जनीकुमार पोखरेलले कारबाही स्वरूप ४४ जनालाई नसियत, १६ जनाको ग्रेड रोक्का, सातजनाको बढुवा रोक्का, छ जना निलम्बन र पाँचजनालाई अब आइन्दा गल्ती नगर्नेगरी चेतावनी दिइएको बताए । अढाई महिनाअघि सशस्त्र प्रहरी बल बराह बाहिनीबाट निरीक्षणका लागि सादा पोसाकमा खटिएको टोलीले झापाको मेचीनगरस्थित नेपाल–भारत सीमा नकलबन्दामा ड्युटीमा खटिएका सशस्त्रमाथि कुटपिट गर्ने एक प्रहरी निरीक्षक र अरू दुईजनालाई निलम्बन गरिएको छ । केही समयअघि सुनसरीकै कप्तानगञ्ज भारतबाट अवैध सामान भित्रिदा चाँसो नदिएकोमा डिएसपीसहित सम्पूर्ण सशस्त्र प्रहरीको यूनिट नै परिवर्तन गरिएको डिआइजी पोखरेलले बताए ।
‘कोसी प्रदेशमा अहिले सशस्त्र प्रहरीले आफ्नो पेशागत मर्यादाविपरीत कुनै कारबाही गरेमा कुनै कम्प्रमाइज हुँदैन, ठाउँको ठाउँ कारबाही हुन्छ,’ उनले भने । पछिल्लो समय सीमा क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीमाथि वरिष्ठ अधिकृत खटाएर निगरानी गरिएको डिआइजी पोखरेलले बताए । ‘प्रहरीको आचारण सुधार गर्न पुरै अभियान थालिएको छ,’ उनले भने, ‘अहिले त कोही कसैले सामान्य गल्ती गर्दा पनि कोसी प्रदेशमा सुधारात्मक तालिम पनि अनिवार्य गर्न थालेका छौं ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो