दोस्रो गोरखा दौड प्रतियोगीताको उपाधीे पुरुष तर्फ प्रशान्त तामाङ र महिलामा जुही राई विजेता

दयाराम कटेल

मोरङ । पुर्खा दिवसको अवसरमा गोरखा सिमेट्रिस ट्रष्ट नेपालको आयोजनामा धरानमा भएको दौड प्रतियोगीताको उपाधीे पुरुष तर्फ धरानका प्रशान्त तामाङले जितेका छन् भने महिला तर्फ भोजपुरकी जुही राईले जितेकी छिन।


प्रशान्तले ३१ मिनेट ५९ सेकेन्डमा निर्धारित पुरा गरेका थिए भने जुहि राईले ४१ मिनेट ५४ सेकेन्डमा निर्धारीत दुरी पार गरेर प्रथम भएकी हुन । उनीहरुलाई नगद १५,१५ हजार नगद, प्रमाणपत्र र मेडल प्रदान गरीएको छ ।


त्यसै गरी पवन राईले ३२ मिनेट ७ सेकेण्डमा दुरी पार गरी दोस्रो भई १० हजार प्रमाणपत्र ,मेडल प्राप्त गरेका थिए, राजकुमार शेर्माले ३३ मिनेट ८ सेकेण्डमा दुरी पार गरेर तेस्रो भइै ५ हजार नगद मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् ।


 महिला तर्फ धरानकी इन्द्रकला लिम्वुले ४२ मिनेट ५२ सेकेण्डमा दुरी पार गरी दोस्रो भई नगद १० हजार प्रमाणपत्र,मेडल प्राप्त गरेकी छिन् भने सिर्जना राईले ४३ मिनेट ३३ सेकेण्डमा दुरी पार गरी तेस्रो भई नगद ५ हजार मेडल प्रमाणपत्र गरेकी छिन् ।


बिजयी भएकाहरुलाई कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठ, धरान उपमहानगरपालीकाको निवतर्मान प्रमुख तिलक राई,धरान वडा नम्वर २० का वडा अध्यक्ष मणि राई ट्रष्टका अध्यक्ष महेन्द्र राई लगायतले पुरस्कार प्रदान गरेका थिए । 


 प्रतियोगीतामा नेपाल पत्रकार महासंघका अध्यक्ष जनकऋषी राईले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण श्रेष्ठको इतिहास मेटाउन लागीएको विरुद्धमा उल्टो दौडीएर विरोध स्वरुप प्रतियोगीतामा सहभागीता जनाएका थिए। प्रतियोगीतमा महिला पुरुष गरी ६ सय जनाको सहभागीता रहेको थियो,

दयाराम कटेल
प्रतिक्रिया