मेष – आजको दिन सहयोगीहरूले काममा विशेष सहयोगको तत्परता देखाउनेछन् । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला, तर विशिष्टजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । आमोदप्रमोदमा मन आकर्षित रहला ।
वृष – शुभ समाचार प्राप्ति र आनन्द वृद्धिको समय छ । सानातिना काममै अल्झनु परेपनि लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । आश मारेको फल पुनः प्राप्त हुन सक्छ । समय लागे पनि काम सम्पादन हुनेछन् भने परिवारजनको सहयोग मिल्नेछ । बौद्धिक र रचनात्मक काम प्रभावकारी रहनेछन् । पारिवारिक समस्याको समाधान मिल्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।
मिथुन – नियमित कार्यमा केही चुनौती सामना गर्नुपरे पनि व्यापार-व्यवसायमा लाभ नै मिल्नेछ । व्यावसाय विस्तारका लागि यात्राको सम्भावना छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, विवेकले काम लिने प्रयत्न गर्नु उचित होला । सबल स्वास्थ्यको निम्ति खानपान लगायतमा सजगता अपनाउनुहोला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – दिन मनोरञ्जनपूर्ण रहने देखिन्छ । सोख पूर्तिका लागि केही खर्च बढ्ला । दाम्पत्य सम्बन्धमा रमाउने समय छ । प्रेमको बन्धन कसिएला । आजको दिन स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यले महत्वपूर्ण अवसर गुम्नसक्ने योग रहेकोले आफूलाई जागृत तुल्याउनु हितकर हुनेछ । अति आवश्यक अवस्थामा बाहेक आजको दिन आर्थिक कारोवार नगर्नु उचित हुनेछ । कर्मबल हुनेछ । शत्रु माथि विजय प्राप्त हुनेछ ।
सिंह – तत्काल ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । हिम्मत गर्न नसक्दा महत्वपूर्ण योजना कार्यान्वयन नहुन सक्ने हुँदा विवेक एवम् निर्णय क्षमताको उपयोग गर्नु हितकर हुनेछ । आम्दानी बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको प्रयत्नमा हुनुहन्छ भने समय उत्तम छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । बिनाप्रतिस्पर्धा सोचेभन्दा ज्यादा लाभ मिल्ने योग छ । रसरागका कार्यमा आकर्षण बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या – रोकिएका काम बन्नाले उत्साह जाग्ने समय छ । संघर्षबाट अधिकार स्थापित गर्न सकिएला । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । सहयोगीजनले राम्रो साथ दिनेछन् । खर्चवृद्धि र दौडधुप केही बढेपनि समस्याको समाधान मिल्नेछ । पारिवारिक सुखशान्ति बढ्नेछ । आफन्तको साथले उत्साह बढ्नेछ ।
तुला – इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउन सक्छन्, तर चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । महत्वपूर्ण कार्ययोजना गोप्य राखेर अघि बढ्दा विशेष सफलता र लाभ मिल्नेछ । खर्चको मात्रा केही बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । आलोचनाको शिकार बन्ने, धनमाल हराउनसक्ने योग रहेकोले विशेष सजगताको दरकार छ । आरोग्यबल बढ्नेछ ।
वृश्चिक – व्यापारलगायत आर्थिक लाभका कार्यमा सफलता मिल्ने समय छ । आत्मविश्वास वृद्धिका साथै रोकिएका काम बिस्तारै बन्नेछन् । स्वादिष्ट भोजनमा मन रमाउला । अध्ययन-अध्यापनका कार्यमा राम्रै प्रगति हुने योग छ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना रहेकोले संयमतापूर्ण बोली र व्यवहारको दरकार छ । आरोग्यता रहनेछ, सुख वृद्धि हुनेछ । खर्च नियन्त्रणका लागि योजना र बजेट बनाएरमात्र व्यवहार गर्नुहोला ।
धनु – आजको दिन व्यावसायिक काममा खर्च केही बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । पहिलेको सम्झौताले अप्ठ्यारो पार्ला । मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । अनावश्यक भेटघाटको अलमलले नोक्सान पुऱ्याउन सक्ने देखिन्छ, सजग रहनुहोला । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा पछि परिने योग छ । गीतसंगीत तथा रसरागात्मक काममा आकर्षण रहला ।
मकर – मिश्रित फलदायी दिन छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ भने कमजोर मानसिकताले पछि परिने सम्भावना छ । तथापि, हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । शत्रु र प्रतिस्पर्धीलाई हराउन सकिनेछ । नयाँ प्रेम प्रसङ्ग अघि बढ्नसक्ने योग छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । स्वास्थ्य केही कमजोर रहनसक्छ, सजगता अपनाउनुहोला ।
कुम्भ – पराक्रम वृद्धि भएपनि पुरानो गतिले काम बिग्रन सक्छ । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइने तथा धन आर्जनको योग छ । मिठो भोजन प्राप्त होला । शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । केही कठिनाइका बाबजुद दायित्व पूरा गर्नुहुनेछ ।
मीन – विशष्टजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । धैर्यसाथ निरन्तरको प्रयत्नले योजना सिद्ध हुनसक्छ । पारिवारिक जमघटमा मन रमाउनेछ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष लाभ हुने समय छ । आफन्तको साथ मिल्नेछ । सुख विलास बढ्नेछ ।
फामिने ज्योतिष
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो