३२ औं अन्तर्राष्ट्रिय दिवसमा इटहरीमा अपांगता खेपिरहेकाहरुलाई सम्मानसहित विविध कार्यक्रम
फाष्ट मिडिया नेपाल संवाददाता
१८ मङ्सिर २०८०, सोमबार ०६:१० मा प्रकाशित
2405
इटहरी । दिगो विकास लक्ष्य, प्राप्तिको प्रतिवद्धतास् अपाङ्ग भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको एकियबद्वता नारा सहित ३२ औँ अन्त राष्ट्रिय अपाङ्गता दिवस इटहरी स्थित नेपाल चेलिबेटी अपाङ्ग महिला समाजको प्राङ्गणमा मनाएको छ। इटहरी उपमहानगरपालिका कार्यालयको सहयोग तथा अपाङ्गता संरक्षण समाजको आयोजनामा नेपाल चेलिबेटी अपाङ्ग महिला समाजको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो। इटहरी उमहानगरपालिकाकी उपप्रमुखको प्रमुख आथित्यतामा अपाङ्ग ता अधिकार सम्बन्धी अभिमुखीकरण र पहुच्युक्त खेलकुद कार्यक्रम गरेको छ।
लैङ्गिक हिंशा बिरुद्दको १६ दिने अभियान अन्तर्गत पर्ने अन्तराष्ट्रिय अपाङ्गता दिवस पनि विभिन्न कार्यक्रम तथा समान गर्दै मनाएको हो। उक्त कार्यक्रममा उपस्थित अपाङ्गता भएका ब्यक्तिहरुलाई तातो आलु लगायतका गेम खेलाईएको थियो जसका विजेतालाई पुरस्कृत पनि गरिएको थियो।