कोशीमा आइजीपी थापा, विभिन्न कार्यक्रममा सरिक

खगेन्द्र कार्की


इटहरी । धरानमा सञ्चालित नेपाल प्रहरी स्कुलको निरीक्षणसहित विविध कार्यक्रममा सरिक हुन  प्रहरी महानिरीक्षक (आइजीपी) दिपक थापा बिहीबार सुनसरीको धरान आएका थिए । 

महानिरीक्षक थापाले नेपाल प्रहरी स्कुल धरानको निरीक्षण तथा अवलोकन भ्रमण, कार्यालय भवन तथा कक्षा कोठाहरुको निरीक्षण गर्दै विद्यालय परिसरमा बृक्षारोपण समेत गरेका छन् । निरीक्षण भ्रमण पश्चात बिद्यालयका प्रिन्सिपल र अन्य शिक्षक शिक्षिकाहरुसंग छलफल तथा अन्तरक्रिया गर्नुका साथै सौहार्दपुर्ण वातावरणमा अध्यापन गराउन र विधार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न निर्देशन दिए । 

यसैगरी, आईजीपी  थापाको प्रमुख आतिथ्यतामा धनकुटामा नव निर्मित भवनहरुको समुद्‍घाटन भएको छ । 

जिल्ला प्रहरी कार्यालय धनकुटाको नव निर्मित भवनहरुको उद्घाटन भएको हो । 

नवनिर्मित भवनहरुको समुद्‍घाटन तथा निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले नवनिर्मित भवनबाट आम नागरिकले प्राप्त गर्ने प्रहरी सेवा सहजता र सर्वसुलभ वातावरणमा उपलव्ध हुने तथा प्रहरीको दैनिकी समेत सहजरुपमा सम्पादन हुने उपस्थित सम्पुर्णमा विश्वास दिलाए । 

प्रहरी संगठनलाई सुदृढीकरण र समृद्धिकरण गर्दै लैजानको लागी संरचनाहरुको निर्माणले प्रभावकारी भुमिका निर्वाह गर्ने हुँदा नागरिकले समेत यस्ता बिषयहरुलाई चासोको रुपमा लिनु पर्ने धारणा राखे ।  प्रहरी बर्दीधारी नागरिक हो भने नागरिक बिना बर्दीको प्रहरी भएकोले नागरीकले दिएको सुचना र विश्लेषणको आधारमा प्रहरीले आवश्यक रणनिती बनाई समाजमा अपराध नियन्त्रण गरी शान्ति सुव्यवस्था कामय राख्न तथा समुदाय प्रहरी साझेदारीको अवधारणा अनुसार नागरिक र प्रहरी हातेमालो गरी अगाडि बड्नु पर्ने बताए । 


खगेन्द्र कार्की
प्रतिक्रिया