इटहरी । नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधिकालागि झापाको दुई बाहेक तीन वटा निर्वाचन क्षेत्रका परिणाम घोषणा भइसकेको छ । घोषित परिणाम अनुसार झापा–४ का निवर्तमान सङ्घीय सांसद एलपी साँवा लिम्बु लोकप्रिय मतका साथ विजयी भएका छन् ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार साँवाले १८०६ मत प्राप्त गरेका हुन् । सो क्षेत्रका अन्य विजेताहरूमा शिवसत्ताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्रा (रोशन)ले १७७३, रवीन्द्र लम्सालले १३९२ र हिमबहादुर कार्कीले १२१६ मत ल्याएर विजयी भए । यस क्षेत्रका प्रदेश सांसद राधाकृष्ण खनाल, प्रदेशका पूव सांसद हिरा थापा पराजित भएका छन् ।
महिलातर्फ कृष्णमाया भुजेल १६०५ र गोमा रिजाल १७३७ मतका साथ निर्वाचित हुनु भएको छ । युवातर्फ रोशन सुवेदी १६७३ मत सहित विजयी हुनु भएको छ ।
यस्तै अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा पाँचबाट अम्बिका प्रसाद खनाल १५१५,शिव ढुङ्गेल १३२७,होमबहादुर थापा १२७४ र तुलसी कार्की ११५३ मतका विजयी विजयी भएका हुन् । महिलातर्फ अम्बिका अधिकारी (गीता) १४८२, नर्वदा उप्रेती गौतम १३१३, लीला ढुङ्गेल दाहाल १२८७ र युवातर्फ युवराज पौडेल (विवश ) ९०६ मतका साथ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
झापा निर्वाचन क्षेत्र–१ बाट दुई महिलासहित ६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचित भएकाहरूमा खुल्लातर्फ राजु पोखरेल, असारु राजबंशी र लक्ष्मी राई रहेका छन् । महिलातर्फ रमा भण्डारी र जानुका ओली निर्वाचित भएका छन् भने युवातर्फ दीपक बराल निर्वाचित भए ।
यसैगरी, क्षेत्र नं ३ बाट दुई महिलासहित छ जना निर्वाचित भएका छन् । निर्वाचित भएकाहरूमा खुल्लातर्फ छविलाल चुँडाल, त्रिलोचन सापकोटा र वसन्त बानियाँ रहेका छन् । महिलातर्फ कल्पना रेग्मी र शान्तादेवी खरेल निर्वाचित भए । युवातर्फ अग्निप्रसाद सापकोटा निर्वाचित हुनु भएको छ । क्षेत्र–२ को मत गणनाको नतिजा आउन बाँकी नै छ ।
योसँगै कोशी प्रदेशका कतिपय जिल्लामा सर्बसम्मत पनि भएको छ । सर्वसम्मत भएका जिल्लाहरु ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, खोटाङ र सोलुखुम्बुबाहेक अन्यमा गुटगत प्रतिस्पर्धा देखिएको छ । कतिपय क्षेत्रमा अध्यक्ष केपी ओली गुटकै दुर्ई समूहबीच प्रतिस्पर्धा भएको छ ।
धनकुटामा विवाद हुँदा मतपत्र च्यातिएको थियो भने ओखलढुंगामा खसेको भन्दा धेरै मत देखाइएको भन्दै विवाद भएको थियो । मोरङमा विवाद हुँदा ओली निकट नेता पर्शुराम बस्नेतमाथि हातपात भएको थियो ।
निर्वाचन भएका क्षेत्रहरुमा बहुसंख्यक प्रतिनिधि अध्यक्ष केपी शर्मा ओली निकट निर्वाचित भएको देखिएको छ । पोखरेल पक्षले पनि आफ्नो पक्षका प्रतिनिधिहरु अपेक्षा अनुसार नै निर्वाचित भएको दावी गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा ओली पक्षको वर्चश्व रहेको छ । पार्टीको गत जिल्ला अधिवेशनमा ओली पक्ष कमजोर बनेको मोरङमा पनि महाधिवेशन प्रतिनिधिको चयनमा ओली पक्ष नै हाबी भएको छ । मोरङको क्षेत्र नम्बर ६ मा पोखरेल पक्षका सबै प्रतिनिध निर्वाचित हुँदा क्षेत्र नं. १ मा सबै ओली पक्षका निर्वाचित भएका छन् । सार्वजनिक भएको परिणाममा ओली पक्षका १९ र पोखरल पक्षका १४ जना निर्वाचित भएको एमालेका नेताहरुले बताएका छन् ।
क्षेत्र नं. १ बाट निर्वाचित डिल्लीराम शर्मा अधिकारी, गंगाप्रसाद खरेल, उमाकान्त गौतम, बुद्धिमान लिम्वु, उर्गेन तामाङ, शान्तिकुमारी लिम्वु, मेनु पाण्डे र सरला राई सबै ओली पक्षको भएको बताइएको छ । त्यसैगरि क्षेत्र नं. २ बाट ऋषिकेश पोखरेल, श्याम राजवंशी, सुशील बुढाथोकी, करण ठाकुर, रामजना अधिकारी (निर्विरोध) ओली पक्षका निर्वाचित भएका छन् । सो क्षेत्रका पोखरेल पक्षका लिलाबल्लभ अधिकारी र गितादेवि बानियाँ कार्की निर्वाचित भएका छन् ।
क्षेत्र नं. ४ बाट ओली पक्षकै नरेन्द्र बस्नेत, मुकेश बुढाथोकी, विमला घिमिरे, र राम पोखरेल निर्वाचित भएका छन् । पोखरेल पक्षका महेश भट्टराई निर्वाचित हुँदा गुणावती धामीलाई दुबै पक्षले आफ्नो दावी गरेका छन् ।
क्षेत्र नंं. ५ बाट ओली पक्षका दिलिप बगडिया र शान्त डंगोल तथा पोखरेल पक्षका ज्ञानेश्वर राजवंशी, मनोज अग्रवाल, उषा झा र मो. अमित आजात निर्वाचित भएका छन् । सो क्षेत्रमा सर्वसम्मत निर्वाचन भएको थियो । ओली पक्षका बगडियालाई पोखरेल पक्षले पनि आफ्नो भएको दावी गरेको छ ।
क्षेत्र नं. ६ मा सबै उम्मेदवारहरु पोखरेल पक्षका निर्वाचित भएका छन् । सो क्षेत्रबाट विनोदप्रसाद ढकाल, रमेशप्रसाद पोखरेल, पितकुमार श्रेष्ठ, सत्यनारायण चौधरी, सरस्वती भण्डारी, सरस्वती खरेल र सन्तोष घिमिरे निर्वाचित भएका हुन् । ढकाल कोशी प्रदेशमै पोखरेल पक्षको अगुवाई गर्ने नेता हुन् । मोरङबाट ४६ महाधिवेशन प्रतिनिधिमध्ये ३५ जना निर्वाचित भईसकेका छन् ।
सुनसरी क्षेत्र नं. १ मा पनि अधिकांश पोखरेल पक्षका निर्वाचित भएका छन् । खुल्लातर्फ आसाराम चौधरी, जयकुमार राई र मुरारी सुवेदी निवार्चित भएकोमा सुवेदी मात्र ओली पक्षका हुन् । यस्तै, यसैगरि, महिलातर्फ निर्वाचित सीता भण्डारी पौडेल र सुशिला पहाडी ढकाल तथा युवातर्फ निर्वाचित दिवस वान्तवा राई पोखरेल पक्षका हुन् ।
नेता पोखरेलको गृहजिल्ला ओखलढुंगामा भने सबै प्रतिनिधि उनकै पक्षका निर्वाचित भएका छन् । ओखलढुङ्गाबाट १२ जना प्रतिनिधि चयन भएकोमा सबै पोखरेल पक्षधर हुन् । खुलातर्फ अम्बिरबाबु गुरुङ, ज्ञानबहादुर खड्का, कमलप्रसाद न्यौपाने, अशोक थापा, राजीव कटवाल र केदारबाबु बस्नेत विजयी भएका छन् । त्यस्तै, महिलातर्फ इच्छाकुमारी गुरुङ, जुना विक, पशुपति गुरुङ र रमिला मगर श्रेष्ठ निर्वाचित भएका छन् । युवातर्फ टिकाराम धमला र दलिततर्फ ज्यानु कालिकोटे महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
जिल्लामा करिब ७ हजार संगठित सदस्य भए पनि १ हजार ५१८ ले मात्रै मतदान गरेका थिए । सर्वसम्मत रुपमा निर्वाचित भएको जिल्लामध्ये इलाम र ताप्लेजुङमा पोखरेल पक्षका ४० प्रतिशत र ओली पक्षका ६० प्रतिशत रहेको बताइएको छ । बाँकी अन्य जिल्लाहरु भोजपुर, सोलुखुम्बु, पाँचथर र तेह्रथुममा अधिकांश ओली पक्षका छन् ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो