मेष – लाभदायक समय छ । पारिवारिक सुख र आत्मबल वृद्धि हुनुका साथै ब्यापार–व्यवसायमा सोचेअनुरुपको फाइदा होला । प्रतिष्पर्धी परास्त हुनेछन् । आरोग्यता रहनेछ । अध्ययन तथा अध्यापनका कार्यमा चाहिँ खासै प्रगति नहुने योग छ । प्रेमभाव वृद्धि हुनेछ । यात्रा सफल रहला । काममा मित्रजनको साथ मिल्नेछ ।
वृष – आजको दिन मिश्रित परिणामदायी रहला । नयाँ सामानको खरिदमा खर्च हुने समय छ । कुनै खास कार्यमा आकस्मिक रूपले सफलता या त्यस्तै प्रकारले असफलता मिल्न सक्ने योग छ । सामान्य गरिआएका कामहरु सफल नै रहनेछन् भने अधुरा रहेका काम पनि बन्नेछन् । आरोग्यता रहनेछ । इष्टमित्रको साथ हुनुका साथै सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।
मिथुन – आजको दिन चुनौतीपूर्ण रहने देखिन्छ । कसैसँग वादविवाद हुन सक्छ भने स्वास्थ्य पनि कमजोर रहला । कामहरु अधुरा रहन सक्ने सम्भावना रहेकोले विचार पु¥याएर मात्र नयाँ कार्यमा हात हाल्नु उचित हुनेछ । मनमा अनावश्यक डरले डेरा जमाउन सक्छ, सावधान रहेर काम गर्नु हितकर हुनेछ । रसरागपूर्ण कार्यमा आकर्षण बढ्नेछ । बौद्धिक तथा रचनात्मक काममा चाहिँ सफलता मिल्ने योग छ ।
कर्कट – व्यस्तता वृद्धि हुने र व्यवहारिक समस्याले सताउने समय छ । कामहरु अधुरै रहनाले मन खिन्न रहला । परिवारजनबाट पनि खासै सहयोग पाइने छैन । अनावश्यक डर देखाउनेहरू सक्रिय रहलान्, धैर्यले काम लिनुहोला । आर्थिक कारोबार बढ्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ भने शत्रुपक्ष परास्त हुनेछ ।
सिंह – दिन रमाइलो रहला । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ भने धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । रोकिएका अधुरा कामहरु पूरा हुने समय छ । केही नयाँ काम गर्नुछ भने शुरु गर्दा दीर्घकालिक लाभ पुग्ने देखिन्छ । खेलकुद, भ्रमण आदिमा आकर्षण बढ्नेछ । रसरागको भाव वृद्धि होला । यात्रामा सफलता प्राप्त हुनेछ ।
कन्या – सामाजिक कार्यमा संलग्न हुनु पर्ने समय छ । सोच्दै नसोचेको ठाउँबाट आर्थिक लाभ भइ मन रमाउला । कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ । दान पुण्यका कार्यमा आकर्षण बढ्नेछ मित्रजनसँग भेटघाट र विभिन्न योजनाबारे छलफल हुने र धनलाभको नयाँ बाटो पत्ता लाग्नसक्ने योग छ । आरोग्यबल बढ्नेछ । रसरागमा आकर्षण रहला ।
तुला – आजको दिन खासै उपलब्धिदायक नरहला । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ, साथै नसोचेको कार्यमा खर्च हुन सक्छ । मिहेनतअनुसारको फल मिल्न कठिन होला । सामाजिक महत्व भने बढेर जाला । सामाजिक कार्यका लागि सम्मानप्राप्तिको योग छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।
वृश्चिक – समय शुभदायी छ । आफन्तको सहयोगले रोकिएका कामहरु बन्न थाल्ने छन् । प्रयासअनुसारको कार्य हुनुका साथै परिआएका समस्याको हल हुनेछ । आर्थिक पक्षमा सफलता मिल्नुका साथै धनलाभ हुने साय छ । आत्मियजनसँगको भेटघाटले मन रमाउने छ । सकारात्मक कार्यमा लगानी वृद्धि हुने योग छ । मिठो भोजन प्राप्त हुनेछ भने कर्ममा सफल साबित हुनुहुनेछ ।
धनु – धैर्यको मात्रा बढाइ सकारात्मक भाव जागृत गर्न सके धेरै राम्रो समय छ । कुनै पनि परिश्रम खेर नजाला । कर्ममा प्रगति र अर्थलाभको प्रचुर सम्भावना छ । उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । सुखद् यात्राको योग छ । समस्याहरु आफै किनारा लाग्नेछन् । दायित्व र कर्मबल बढ्नेछ । दैनिक काममा सफलता मिल्नेछ । सुख समृद्धि बढ्नेछ ।
मकर – यात्राको लागि उचित समय रहेको देखिन्छ । मित्रजन एवम् घरपरिवारबाट सुखशान्ति मिल्ला । कृृषिकर्म तथा व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ने समय छ । लाभदायक यात्राको योग छ । कर्मबल र आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त होला । रसराग एवम् प्रेमको भाव वृद्धि होला । मित्रजनका साथै आफन्तको साथ मिल्नेछ ।
कुम्भ – सोचे आनुरुप योजना अघि नबढ्ने समय रहेकोले धैर्य राखेर काम गर्नुपर्ला । व्यवहारिक काममा कठिनाइ होला । खर्च पनि सामान्य वृद्धि हुने योग छ । सामान्य अस्वस्थताले काममा व्यवधान पैदा गर्न सक्छ । यात्रामा सफलता मिल्नेछ । तथापि, नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । देखापरेको समस्याको समाधान मिल्नेछ ।
मीन – आँटेगरेका काम पूरा हुनुका साथै समस्याको समाधान हुने समय छ । परिवारबाट सुख मिल्ला । प्रेम–प्रसङ्ग यदि बिग्रेको छ भने सुधारमा समय लाग्ला । दौडधुप बढ्नेछ । जोखिम बढ्ने समय रहेकोले नयाँ काममा हात हाल्न पर्खनु उचित होला । मिठो भोजन प्राप्त हुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो