पूर्व मुमाबडामहारानी रत्न अस्पतालबाट डिस्चार्ज

खगेन्द्र कार्की

इटहरी । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी पूर्वमुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह डिस्चार्ज भएकी छन् । उनलाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबार अपराह्न उनलाई अस्पतालले डिस्चार्ज गरेको हो । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह डिस्चार्ज हुनुअघि नर्भिक पुगेका थिए । पूर्वराजा शाहले आफै गाडी चलाएका थिए । अस्पतालमा पूर्वयुवराज पारस शाह पनि उपस्थित थिए। अस्पतालले डिस्चार्ज गरेपछि उनीहरु सबैजना एउटा गाडीमा अस्पतालबाट गएका थिए ।

९७ वर्षीया शाहको स्वास्थ्यमा समस्या आएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो । चिकित्सकहरूका अनुसार उनको छातीमा संक्रमण देखिएको छ । तर जटिल समस्या केही छैन । रत्न पूर्वराजा महेन्द्र शाहकी पत्नी हुन्। नारायणहिटी दरबारबाट राजा ज्ञानेन्द्रको बहिर्गमनपछि पनि रत्न त्यहाँस्थित महेन्द्र मञ्जिलमै बसोबास गरिरहेकी छन् ।

खगेन्द्र कार्की
प्रतिक्रिया