इटहरी । कोशी प्रदेश सरकारको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेशले विरोध प्रदर्शन गर्ने भएको छ । पार्टीले पुस १३ गते इटहरीमा विरोध सभा आयोजना गर्ने भएको हो ।
जनअपेक्षा अनुरुप कोशी प्रदेश सरकारले काम गर्न नसकेको पार्टीका प्रदेश अध्यक्ष राम कुमार थापाले आरोप लगाएका छन् । शिक्षा, स्वास्थ्य जस्ता आधारभुत सेवा प्रवाहमा समेत कोशी प्रदेश सरकार चुकेको उनको आरोप छ ।
विरोध सभामा प्रदेश सरकारको खारेजी, स्थानीय स्वायत्त शासन प्रणालीको अधिकार पुनःस्थापना, धार्मिक स्वतन्त्रता र सनातन वैदिक हिन्दू राष्ट्रको पक्षमा आवाज उठाइने थापाले बताए ।
साथै, सहकारी पिडितका विषयका साथै धार्मिक स्वतन्त्रताको सुनिश्चितता र सनातन वैदिक हिन्दू राष्ट्रको पक्षमा प्रस्ट उभिनुपर्ने विषयमा पनि जोड दिनेछ ।
फाष्ट मिडिया नेपाल संवाददाता
९ पुस २०८१, मङ्गलबार ११:५७ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो