केराबारी गाउँपालिकामा एकसाथ सचिवहरुको सरुवा

खगेन्द्र कार्की

फामिने संवाददाता

इटहरी । केराबारी गाउँपालिकाको विभिन्न वडा कार्यालयहरुमा कार्यरत वडासचिवहरुको एकसाथ सरुवा भएको छ ।

स्थानीय तहको निर्वाचन २०७९ को झण्डै ९ महिना पछि केराबारी गाउँपालिकाको वडासचिवहरुको एकसाथ सरुवा भएको हो । सरुवा भएसंगै वडाकार्यालयहरुमा स्वागत र विदाइको कार्यक्रम धमाधम भइरहेका छन ।

प्राप्त जानकारी अनुसार वडा नं.१ र २ मा स्थानीय व्यक्ति वडासचिव पदमा रहेको कारण सरुवा नगरिएको बताइएको छ । ४ र ५ बाहेक ६ ओटा सबै वडाका सचिवहरुको सरुवा गरिएको श्रोतले बताएको छ ।

वडा नं.७ का सचिव सृजना तामांगको विदाई र अर्जुन चौहानको स्वागत गर्दै वडा नं.७ का वडाध्यक्ष लगायतका जनप्रतिनीधिहरु

सरुवा गरिएका मध्ये वडा नं.–३ का वडासचिव अर्जुन चौहान वडा नं.७ मा सरुवा भएका छन । उनको ठाउँमा वडा नं. १० का देशवहादुर मोक्तान आएका छन् । त्यसैगरी वडा नं ९ का वडासचिव वडा नं. १० मा आएका छन । उनको ठाउमा वडा नं.८ बाट बिमला भण्डारी सरुवा भई त्यहाँ पुगेकी छिन । त्यसैगरी वडा नं ८ मा वडा नंं ७ की सृजना तामाङलाई सरुवा गरिएको छ । यता वडा नं.६ का वडासचिव पवन यादवलाई वडा नं. ५ मा सरुवा गरिएको र वडा नं.६ मा पुष्पवहादुर दाहाल सरुवा भएर आएका छन् ।

पालिकाले यतिधेरै सचिवहरुलाई एकसाथ सरुवा गरेको यो पहिलो पटक हो । केराबारी गाउँपालिकाले राजनीतिक सेटिङ मिलाएर सरुवा गरेको भन्दै केहीले गुनासो गरेका छन् यदपी कर्मचारी सरुवा बढुवा पालिकाको आन्तरिक प्रक्रिया भित्र रहेको र धेरै लामो समयदेखि एउटै कार्यालयमा रहेका सचिवहरुलाई सरुवा गरिएको गाउँपालिकाका कार्यकारी अधिकृत सुर्दशन दाहालले बताए ।


खगेन्द्र कार्की
प्रतिक्रिया