इटहरी । ब्लु डायमण्ड सोसाइटीको आयोजनामा आज इटहरीमा “यौन, लिङ्ग र लैङ्गिकता के हो तथा यसका नयाँ अवधारणा र स्थानीय स्तरमा यसको कार्यान्वयन” विषयमा जानकारीमूलक कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा सोसाइटीका फोकल पर्सन पिटरले यौन, लिङ्ग र लैङ्गिकताको परिभाषा, यससम्बन्धी नवीन धारणा तथा दृष्टिकोण, र स्थानीय स्तरमा यसको प्रभावकारी कार्यान्वयनका उपायहरूबारे विस्तृत प्रष्टिकरण दिए।
उनका अनुसार, यौन र लैङ्गिकताको सही बुझाइले मात्र समावेशी समाज निर्माणमा टेवा पुग्ने भएकाले यसबारे स्थानीय सरकार, सरोकारवाला निकाय र समुदायबीच सचेतना फैलाउन जरुरी छ।
कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, विभिन्न सरोकारवाला संस्थाका सदस्य तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रह्यो।
३० साउन २०८२, बिहिबार ०५:३१ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो