उपनिर्वाचनमा उम्मेदवार टुंग्याउने कसरतमा नेकपा एमाले

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स

इटहरी । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आसन्न उपनिर्वाचनका लागि शनिबार उम्मेदवारको टुंगो लगाउने कसरतमा जुटेको छ । 

शनिबार पार्टीको सचिवालय बैठक बसेर उमेदवार टुंगो लगाइने उपमहासचिव विष्णु रिमालले जानकारी दिए । 

शुक्रबारसम्म जिल्लाबाट आकांक्षीहरूको नाम सिफारिस भएको र शनिबार बैठक बसेर उपनिर्वाचन हुन लागेका तीनै क्षेत्रमा उम्मेदवार तय गरिने रिमालको भनाई छ ।

बारा क्षेत्र नम्बर–२, चितवन–२ र तनहुँ–१ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका तय गरेको छ ।

खगेन्द्र कार्की
प्रतिक्रिया