जनकपुर । चार महिना अगाडि प्रेम विवाहमा बाँधिएका राधे सहनी र अस्मिता शर्मा माइती घर (ससुराली) गन्तव्यमा पुग्नै सकेनन् । धनुषामा सोमबार मृत भेटिएका महोत्तरी लोहारपट्टी नगरपालिका(३ महदैयाका २२ वर्षीय राधे सहनीकी श्रीमती सख्त घाइते अवस्थामा फेला परेकी २० वर्षीया अस्मिता शर्माको प्रादेशिक अस्पतालमा उपचारका सोमबार राति ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए । राधे सोमबार बिहान धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पकडियास्थित सडक छेउको गहुँ खेतमा मृत फेला परेका थिए । विवाह पश्चात दुवैजना क्षिरेश्वरनाथ नगरपालिकाकै महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए । प्रहरी निरीक्षक कार्कीका अनुसार सोमबार राति १० बजेतिर केही साथीसँगै ससुराली घर पकडियाबाट महेन्द्रनगर डेरामा जाँदै थिए ।
ज ५ प ७८०० नम्बरको मोटरसाइकलमा श्रीमती अस्मितलाई लिएर हिँडेका राधे बिहानी ससुराली घरबाट करिब डेढ किलोमिटरको दूरीमा मृत भेटिएका थिए । मोटरसाइकल दुर्घटना भएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान लगाए । तर घाइते भएकी अस्मितालाई भने अर्को मोटरसाइकलमा रहेका तीनजना साथीले माइतीमा पुर्याइ छोडेर हिंडेका थिए । ति तिनै जनालाई पक्राउ गरी प्रहरीले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ ।
ज ५ प ७८०० नम्बरको मोटरसाइकलमा श्रीमती अस्मितलाई लिएर हिँडेका राधे बिहानी ससुराली घरबाट करिब डेढ किलोमिटरको दूरीमा मृत भेटिएका थिए । मोटरसाइकल दुर्घटना भएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । घाइते भएकी अस्मितलाई भने अर्को मोटरसाइकलमा रहेका तीनजना साथीले माइतीमा पुर्याइदिएका थिए ।
माइती पक्षले अस्मितालाई उपचारका लागि प्रादेशिक अस्पतालमा भर्ना गरेका थिए । ‘माइतमा अस्मितालाई घाइते अवस्थामा छाडेर साथीहरु भागे । श्रीमान् राधेले नै अस्मितालाई मरणासन्न हुने गरी कुटपिट गरेर भागेको अनुमानसहित घरपरिवारले हामीलाई खबर गरेपछि रातभर हामीले खोजबिन गर्यौं । बिहान त राधे नै गहुँ खेतमा मृत भेटियो,’ प्रहरी निरीक्षक कार्कीले भने ।
मृत भेटिएको ठाउँमा त्यहाँ मोटरसाइकल दुर्घटना भएको जस्तो देखिएको थियो । तर, दुर्घटनामा परेको मोटरसाइकल लिएर सँगै पुगेका युवाहरु अस्मितालाई माइत पुर्याएर भागेको पाइएको छ ।
प्रहरीले भागेका तीनैजना युवालाई सोमबार दिउँसो नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।राधेले चलाउँदा दुर्घटना भएको मोटरसाइकल भने अन्य साथीको रहेको खुलेको छ ।राधेले अत्यधिक मदिरा सेवन गरेर मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक कार्कीले बताए ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो