मेष – बौद्धिक र रचनात्मक काममा सफलता मिले पनि अन्य दृष्टिले आजको दिन त्यत्ति सुखद नरहला । लगानी धेरै तर कममात्र फाइदा हुने समय छ । बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । आगो तथा हातहतियारबाट आज विशेष सावधान रहनु हितकर हुनेछ । कुरा काट्नेहरू सक्रिय होलान् । पतिपत्नीबीच घरसल्लाह पनि नमिल्न सक्छ । आर्थिक संकटको योग भएकोले विचार पुऱ्याएर व्यवहार गर्नुहोला । यात्रामा सफलता प्राप्त हुनेछ ।
वृष – कर्मबल बढ्नेछ । सार्वजनिक कार्यमा आकर्षण रहला । कामको कदर भइ प्रतिष्ठा बढ्ने समय छ । ब्यापारमा लाभ होला । जागिरमा भने अनावश्यक झमेलाको सामना गर्नुपर्ने योग छ । कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्ला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।
मिथुन – व्यस्तता बढ्नेछ । आत्मविश्वास जागृत हुने समय छ । प्राविधिक काममा सफलता प्राप्त हुनेछ । अल्झेको काम बन्नाले मन उल्लसित होला । पढाइलेखाइमा भनि खासै प्रगति हुने छैन । आफन्तुसँग भेटघाट होला । आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण रहला । दायित्व पूरा गर्नुहुनेछ ।
कर्कट – पराक्रम बढ्नेछ । रोकिएका घरेलु कामकाज बिस्तारै बन्ने समय छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । कुरा काट्नेहरू निरुत्साहित होलान् । व्यवसायमा लगानी बढाउन सकिनेछ । रोकिएका काम बन्नेछन् ।
सिंह – आजको दिन केही चुनौतीकोे सामना गर्नुपर्ने देखिन्छ । सहयोगीहरूको साथ मिल्नेछ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना रहेकोले सचेत रहनुहोला । चोटपटकबाट बच्न विशेष सतर्क रहनु हितकर हुनेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति रहनेछ ।
कन्या – आजको दिन व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, समवधान रहनुहोला । तथापि, महत्वपूर्ण कामहरू बन्नेछन् । लगनशिलता र इमान्दारिताको प्रशंसा हुनेछ । प्रेम प्रस्तावको सम्भावना छ । पढाइलेखाइमा प्रगति हुनेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।
तुला – आर्थिक कारोबारको लागि आजको दिन अनुकूल छ । पारिवारिक जीवन सन्तोषप्रद रहने छ भने व्यवसायमा लाभ हुनेछ । विलासी काममा आकर्षण बढ्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । ऋण रोग र शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।
वृश्चिक – रमाइलो भेटघाटले मन हर्षित हुनुका साथै पराक्रम बढ्ने दिन छ । व्यापार व्यवसायमा भएकाहरूको स्थितिमा सुधार आउनेछ । यात्राको क्रममा लाभ मिल्ने र सन्तानबाट पनि सुख पाइने समय छ । आयबल र दायित्व बढ्नेछ । शुभ काममा आकर्षण बढ्ला ।
धनु – कर्मबल बढ्नेछ । उत्साहवर्द्धक समय छ । श्रमअनुसारको लाभ मिल्नेछ । स्वास्थ्यप्रति सजग रहनुपर्ला । मिठो भोजन प्राप्त हुनेछ । रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर – परिश्रमअनुसार राम्रै उपलब्धि पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आफन्तहरूको सहयोग र बौद्धिक उन्नतिले काममा सफलता मिल्नेछ । पढाइमा सफलता मिले पनि खर्च बढ्ने र स्वास्थ्यमा सामान्य समस्या आउने योग छ । विरोधिजनप्रति सतर्क रहनु हितकर होला । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
कुम्भ – जोखिम बढ्ने समय भए पनि काममा सफलता मिल्नेछ । दिगो फाइदा हुने कार्यमा लगानी बढाउन सकिनेछ । आज खर्च वृद्धि होला । मित्रजन तथा छरछिमेकबाट सरसहयोग प्राप्त हुनुका साथै व्यापारमा लाभ हुनेछ । सन्तान पक्षबाट सुख मिल्नेछ । मिठो भोजन मिल्नेछ भने रसरागमा आकर्षण बढ्ला ।
मीन – समय शुभदायी छ । विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । थालेका कामहरू सहजै बन्न सक्ने दिन छ । आर्थिक लगानी बढाउन अनुकूल समय छ । सुख र सामर्थ्य वृद्धि होला । आफन्तको साथ भने कमै मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो