इटहरी । पार्टीभित्र विधान संशोधन गरेर अनेकन तिकडम, धाकधम्की, लोभ देखाएरै भए पनि एमालेमा ओली विनाको एमाले भन्ने उनको भनाईलाई सार्थक बनाउँदै तेस्रो कार्यकालका लागि ह्याट्रिक हानेका छन् । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा ओली पक्षकै बर्चस्व देखिएको छ। वर्तमान अध्यक्ष केपी शर्मा ओली ठूलो मतान्तरले पुनः अध्यक्षमा निर्वाचित भएका छन् । उनले १६६३ मत प्राप्त गर्दा प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत मात्र ल्याए । महाधिवेशनमा कुल २२६३ मतदाता रहेकामा २२२७ मत खसेको थियो ।
पदाधिकारीका अन्य पदमा पनि ओली प्यानलका उम्मेदवारहरूले बाजी मारेका छन् । उपाध्यक्षमा सर्वाधिक मत ल्याउने पृथ्वी सुब्बा गुरुङसहित विष्णु प्रसाद पौडेल, रामबहादुर थापा ‘बादल’, गोकर्ण राज विष्ट र रघुजी पन्त निर्वाचित भएका छन् ।
महासचिवमा शंकर पोखरेलले सुरेन्द्र प्रसाद पाण्डेलाई पराजित गरे । उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् ।
सचिव पदमा ९ जना निर्वाचित भएका छन् । यसमा महेश बस्नेतले सर्वाधिक मत ल्याएका छन् भने
भने पद्मा कुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, खगराज अधिकारी, हिक्मत कुमार कार्की, यमलाल कँडेल, राजन भट्टराई र भानुभक्त ढकाल विजयी भएका छन् ।
यो नतिजासँगै एमालेको नेतृत्वमा ओलीको निरन्तरता पक्का भएको छ । महाधिवेशन प्रतिनिधिहरूले ओलीको नेतृत्वलाई बलियो समर्थन जनाएको देखिन्छ ।
यस्तो छ अन्तिम मत परिणाम
अध्यक्ष ः केपी शर्मा ओली उपाध्यक्षहरुमा पृथ्वी सुब्बा गुरुङ ः विष्णु प्रसाद पौडेल, रामबहादुर थापा ‘बादल’, गोकर्ण राज विष्ट र रघुजी पन्त रहेका छन् । यसैगरी अन्य प्रमुख उम्मेदवारहरूमा बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ, अरुण नेपाल, टंक प्रसाद कार्की, भीमप्रसाद आचार्य । यस्तै महासचिवमा शंकर पोखरेल विजयी बने । उपमहासचिव ९३ पदमा लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई रहेका छन् । अन्य प्रमुख उम्मेदवारहरूमा विष्णु प्रसाद रिमाल, आनन्द प्रसाद पोखरेल,वैजनाथ चौधरी, राजेन्द्र प्रसाद गौतम रहेका छन् ।
सचिव ९ पदका लागि महेश बस्नेत, पद्मा कुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, खगराज अधिकारी, हिक्मत कुमार कार्की, यमलाल कँडेल, राजन भट्टराई, भानुभक्त ढकाल विजयी भए । यसैगरी अन्य प्रमुख उम्मेदवारहरूमा गोकुल प्रसाद बास्कोटा, ठाकुर प्रसाद गैरे, रचना खड्का, कर्णबहादुर थापा, अग्नि प्रसाद खरेल, विनोद प्रसाद ढकाल, कृष्ण गोपाल श्रेष्ठ, पेम्बा लामा, लाल बाबु पण्डित, इन्द्रलाल साप्कोटा, र पुरुषोत्तम पौडेल निर्वाचित भएका छन ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो