दमक । विश्वभरि चल्दै आएको ग्रेरगोरी पात्रो अनुसारको अंग्रेजी नयाँ सम्बत (वर्ष २०२६) भोलि बिहीबार देखि सुरु भएको छ ।
पोप ग्रेरगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको बताइएको छ ।
यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा सांगीतिक कार्यक्रमसहित पर्यटकसँग रमाउने गरिएको छ । नेपालबाट रोजगारीका लागि विदेश गएका नेपालीहरुले शुभकामना सन्देशसहित अंग्रेजी नयाँ वर्ष मनाउने गरेका छन् । पछिल्लो समयमा नेपालमा पनि शुभकामना आदानप्रदान गर्ने गरिएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो