काठमाडौं । महिला यू–१९ टी–२० विश्वकप क्रिकेटमा नेपालले स्कटल्याण्डसँग पराजित भएको छ ।
मलेसियाको बाङ्गीस्थित यूकेएम ओभल क्रिकेट बाङ्गीमा नेपाल स्कटल्याण्डसँग एक विकेटले पराजित भएको हो ।
नेपालले दिएको ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेटको क्षतिमा पूरा गरेको हो ।
स्कटल्याण्डका पिपा स्प्रोलले ३५ रन जोडिन् ।
नेपालका लागि सीमा केसी र रचना चौधरीले २–२ तथा कप्तान पूजा महतो र कृश्मा गुरुङले १–१ विकेट लिइन् ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल १८।५ ओभरमा ७३ रन बनाएर अलआउट भएको थियो ।
नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन बनाइन् । सावित्री धामीले १० रन जोडिन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
स्कटल्याण्डका लागि मैसी मसेइराले ५ तथा एमी बाल्डी र नैमा शेखले २–२ विकेट लिइन् ।
फाष्ट मिडिया नेपाल संवाददाता
७ माघ २०८१, सोमबार ०३:५० मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो