त्रसित बन्नुहुन्न तर सावधानी र चलाखी चाहि हुन आवश्यक छ । अन्तर्राष्ट्रिय भुकम्पविदहरुले सचेत र सजग रहन नेपाललाई पनि भनिरहेका छन् ।
................................................
विराटनगरसहित पुर्वका विभिन्न स्थानमा भुइँचालोको महसुस भएको छ । आज मंगलबार विहान ६ बजेर ३५ मिनेट आसपासमा भुइँचालो गएको हो । तर सार्वजनिक भएका प्रारम्भिक विवरण अनुसार भुइँचालो कम्तिमा पनि ७ रेक्टर स्केलभन्दा माथि रहेको अन्तर्राष्ट्रिय भुकम्प मापन केन्द्र इएमएससीले उल्लेख गरेको छ । सोलुखुम्बुको हिमाली क्षेत्र नाम्चे बजार आसपास केन्द्रविन्दु भनिएको छ । आज बिहानै ६ ३५ को आसपासमा तिब्बत केन्द्रविन्दु भएर गएको ७ रेक्टरस्केलको भुकम्पको धक्का नेपालभरि परेको छ ।
भुकम्पसम्बन्धि जानकारी दिने विभिन्न आधिकारिक अन्तर्राष्ट्रिय मापन केन्द्रहरूका अनुसार यसको केन्द्रविन्दु नेपाल र तिब्बत सीमाना क्षेत्र रहेको छ । भुइँचालो कम्तिमा पनि ७ रेक्टर स्केलभन्दा माथि रहेको अन्तर्राष्ट्रिय भुकम्प मापन केन्द्र इएमएससीले उल्लेख गरेको छ । अमेरिकी भुकम्प मापन केन्द्रले ७ दशमलव १ म्याग्निच्युडको भुकम्प गएको जनाएको छ । कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी भिम दाहालका अनुसार अहिलेसम्म कोशीमा भुकम्पले क्षति गरेको सुचना भने प्राप्त भएको छैन । यसैबीच, भुइँचालोले भारतको राजधानी दिल्लीसम्मै हल्लाएको छ । भारतीय टेलिभिजनहरूले समेत ‘दिल्ली मे भुकम्पके बडे झड्के’ भन्दै हेडलाइन कुदाएका छन् । कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी भिम दाहालका अनुसार भुकम्पले अहिलेसम्म कोशी प्रदेशमा क्षति गरेको सुचना प्राप्त नभएको जानकारी दिएका छन् ।
यद्यपि सो भूकम्पले कोशीका हिमाली तथा पहाडी जिल्लामा बढी असर गरेको छ । केन्द्रविन्दू आसपासका हिमाली जिल्लाहरुमा बढी धक्का महसुस भएको छ । कोशीको तराईदेखि काठमाडौंसम्मै धक्का महसुस भएको भूकम्पबाट अहिलेसम्म कोशीमा ठूलो क्षति भएको सूचना नआएको प्रशासन र प्रहरीको भनाइ छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार भूकम्पको केन्द्र डिंगे कान्टी नेपालको पूर्वी पहाड नजिकै पर्छ। सोही कारण खुम्बु क्षेत्रमा लगातार पराकम्प गइरहेको छ। खुम्बु क्षेत्र सर्वोच्च शिखर सगरमाथा भएको क्षेत्र हो । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले दिएको जानकारी अनुसार सगरमाथा क्षेत्रमा बारम्बार भूकम्पको धक्का महसुस भइरहेको छ । ‘बिहानदेखि अहिले सम्म धेरैपटक धक्का महसूस भइसकेको छ तर क्षति भएको सूचना अहिलेसम्म पाएका छैनौं’, उनले भने ‘कतिपय ठाउँमा पैदलै पुगेर बुझ्नुपर्ने अवस्था छ । भौगोलिक विकटताका कारण सम्पर्क हुन सकिरहेको छैन। तर, अहिलेसम्म बुझ्दा क्षतिको सूचना छैन ।’
सोलुका जनप्रतिनिधिहरुका अनुसार खुम्बु क्षेत्रमा लगातार हल्लाइरहेको भूकम्पले स्थानीयबासीलाई घरबाहिर निस्केर बस्न बध्य पारेको छ। ‘पाँच पटक त भूकम्प नै आइसक्यो’, प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीले भने ‘पटकपटक हल्लाइरहेका कारण सर्वसाधारण घर बाहिर छन् तर, अहिलेसम्म भौतिक र मानवीय क्षतिको खबर छैन ।’ प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार यतिबेला खुम्बु क्षेत्र लगभग सुनसान जस्तै छ । पर्यटकको घुम्न आउने सिजन अफ भएको र एक सातायता हेलिकप्टर सेवा पनि अवरुद्ध भएकाले खुम्बु क्षेत्रमा पर्यटक संख्या नगन्य छ । ‘स्थानीयबासी र जनप्रतिनिधिहरु अनि प्रहरीका अनुसार सो क्षेत्रमा लगातार धक्का आइरहेको छ, क्षति भएको कसैले बताएका छैनन्’, उनले थपे ‘हामीले प्रहरीका सबै युनिट परिचालन गरेर बुझ्ने प्रयास गरिरहेका छौं ।’ अर्को हिमाली जिल्ला ताप्लेजुङमा पनि अहिलेसम्म क्षतिको समाचार नआएको सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काले जानकारी दिइन् । ‘जिल्लाका सबैतिर धक्का राम्रै महसूस भएको सूचना छ तर अहिलेसम्म भौतिक र मानवीय क्षतिको सूचना छैन’, उनले भनिन् ‘ जिल्लाम हामीले प्रहरी, सशस्त्र लगायतको सुरक्षा टोलीलाई तैनाथ राखेका छौं ।’ यसैगरी कोशी पहाडकै अर्को जिल्ला ओखलढुंगामा पनि अहिलेसम्म क्षतिको सूचना नआएको जिल्ला प्रहरी प्रमुख डिएसपी कृष्ण खड्काले जानकारी दिए। ‘हाम्रो सबैभन्दा दुर्गम क्षेत्र राँगादोली हो, त्यहाँको पनि प्रहरी युनिट र जनप्रतिनिधिसँग सम्पर्क हुँदा क्षतिको सूचना छैन’, खड्काले भने ‘अहिले पनि हामी सबैतिरबाट सूचना लिइरहेका छौं ।’ तिब्बत र नेपालको सीमा क्षेत्र नजिकै भूकम्पको केन्द्र भएकाले त्यसको प्रभाव पनि पूर्वी नेपालमा बढी परेको भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिएका छन् । कोशी प्रदेशका प्रहरी प्रमुख राजन अधिकारीका अनुसार प्रदेशभरी धक्का महसूस भए पनि अहिलेसम्म क्षतिको सूचना आएको छैन । बुझ्ने क्रम जारी रहेृको उनले बताए ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो