दुर्गम गाउँमा सुत्केरीको विजोक, पाँचथरबाट एक महिलाको उद्दार

खगेन्द्र कार्की

पाँचथर । पूर्वी पहाडका दुर्गम गाउँमा प्रसुती गृह र डाक्टरको अभाव हुँदा सुत्केरी महिलाको विजोक हुने गरेको छ । सुत्केरी हुन नसकेपछि पाँचथरकी एक गर्भवती महिलालाई हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं पठाइएको छ । तर सबैले यो सेवा पाउँदैनन् । अक्कालमा मृत्यु रोज्नु पर्ने बाद्यता छ ।

उच्च रक्तचाप र शरीरमा कम्पन आउनेसहितका समस्याले थलिएकी तुम्बेवा गाउँपालिका–५ हाङगुमकी २० वर्षीया मुना कुरुम्वाङको स्थानीय स्वास्थ्य संस्थामा प्रसूति सम्भव नभएपछि शनिबार अपराह्न हेलिकोप्टरबाट उद्धार गरिएको गाउँपालिका अध्यक्ष बाबुराम खड्काले जानकारी दिए ।

खड्काका अनुसार चिकित्सकहरुले मुनालाई उच्च रक्तचाप र शरीर सुनिने समस्या (प्रि–एक्लेम्प्सिया) भएको थियो । उनलाई उद्धारका लागि तुम्बेवा गाउँपालिकाको पहल र अनुरोध तथा जिल्ला प्रशासन कार्यालय पाँचथरको सिफारिसमा राष्ट्रपति महिला हवाइ उत्थान कार्यक्रममार्फत नेपाली सेनाको हेलिकोप्टर तुम्बेवा आएको थियो ।

काम विशेषले काठमाडौंमै रहेका गाउँपालिका अध्यक्ष खड्कासमेत मुनाको उद्धारका लागि त्यही हेलिकोप्टरमा काठमाडौंदेखि हाङगुम आइपुगेका थिए ।


कुरुम्वाङलाई काठमाडौंस्थित परोपकार प्रसूति अस्पताल थापाथली पु¥याइएको छ । यसअघि पनि तुम्बेवाका विभिन्न स्थानबाट महिलाको उद्धार गरी काठमाडौं लगिएको छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया