मध्यपूर्वमा लम्बिएको युद्धले रोजगारी गुमाएर फर्किन थाले नेपाली

दयाराम कटेल

काठमाडौं । मध्यपूर्वमा लम्बिएको युद्धको प्रभाव नेपालीको श्रम बजारमा पनि देखिन थालेको छ । विभिन्न खाडी राष्ट्रमा वैदेशिक रोजगारीका लागि पुगेका धेरै नेपालीको रोजगारी युद्धका कारण गुमेको छ । रोजगारी गुमेको र ज्यान समेत जोखिममा हुने देखिए पछि केहि दिन यता ति देशहरुबाट नेपाल फर्कनेको संख्या बढेको छ ।

अध्यागमन विभागले दिएको जानकारी अनुसार बिहीबार साँझसम्ममा दुई हजार २९३ जना नेपाली नागरिक पश्चिम एसियाका मुलुकबाट स्वदेश फर्किएका छन् । जसमध्ये २०९ महिला र दुई हजार ८४ जना पुरुष रहेका छन् । यसरी फर्किएकामा सबैभन्दा बढी कतारबाट एक हजार ९२ जना रहेका अध्यागमनले जनाएको छ । त्यसपछि साउदी अरेबियाबाट ९७१ जना र ओमानबाट १२१ जना स्वदेश फर्कनुभएको छ ।  फर्किएका कामध्ये बढी महिला कतारबाट ८६, साउदी अरेबियाबाट ४०, ओमानबाट ३६ र साइप्रसबाट ३२ जना रहनुभएको छ । पाँच दिनदेखि आकाशमार्ग केही खुकुलो भएसँगै फर्कनेको लर्को थप बढेको हो । ती सबै मुलुकमा गरेर करिब २५ लाख जनाको हाराहारीमा नेपाली नागरिक रहेको अनुमान गरिएको छ ।

यसरी नेपालीलाई स्वदेश फर्काउन नेपाल एयरलायन्स, फ्लाई दुबई, कतार एयरलायन्स र हिमालयन एयरलायन्सको विमानले सघाइरहेको जानकारी परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखा प्रमुख रामकाजी खड्काले दिए ।  श्रम गन्तव्य मुलुकमा सिधै आक्रमण भएको अवस्था नभएकाले सरकारले सामूहिक उद्धार थालिसकेको  छैन । अधिकांश नेपाली नागरिकले पनि आफूहरू सुरक्षित रहेको बताएका छन् ।

पश्चिम एसियाका श्रम गन्तव्य मुलुकआसपास तथा त्यहाँस्थित तेल भण्डार, अमेरिकी सङ्घ संस्था, दूतावासमा समेत पछिल्लो समय आक्रमण हुन थालेपछि नेपाली नागरिकलगायतका श्रमिकमा थप त्रास बढ्दा नेपाली नागरिकले जिउज्यान जोखिममा परेको महसुस गर्न थालेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार आकाशमार्गमै ध्वंश गरिएका मिसाइल, डूोन, बम तथा बारुदका अवशेष श्रम गन्तव्य मुलुकका व्यस्त सहर, समुद्री किनार, विमानस्थललगायतका क्षेत्रमा खस्दा काममा रहेका एक जना नेपाली नागरिकको मृत्यु हुनुका साथै केही नेपाली नागरिक घाइतेसमेत भएका छन् ।

अफवाह फैल्याएको आरोपमा पक्राउ

सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा हालसम्म ७ नेपाली पक्राउ परेका छन् । इजरायल–अमेरिका र इरानबीच जारी युद्धपछि इरानले यूएईमा मिसाइल तथा डूोन आक्रमण गर्दै आएको छ । आक्रमणपछि खसेका डूोन तथा मिसाइलका फोटो, भिडियो खिच्ने, सामाजिक सञ्जालमा हालेको आरोपमा यूएई प्रहरीले हालसम्म ७ जना नेपालीलाई पक्राउ गरेको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यूएईमा हालसम्म ७ नेपालीलाई पक्राउ गरिएको जानकारी आएको बताए । उनका अनुसार यूएईमा तीन, साउदी अरबमा तीन र कुवेतमा एक नेपाली पक्राउ परेका हुन् । परराष्ट्र मन्त्रालयले फोटो, भिडियो नखिच्न तथा सामाजिक सञ्जालमा पोस्ट नगर्न अनुरोध गर्दै आएको छ । यूईएले यसअघि नै इरानको आक्रमणसँगै त्यस्ता खालका फोटो तथा भिडियो पोस्ट नगर्न अनुरोध गरेको थियो । तर, त्यसको 

रोजगारी...अवज्ञा गर्दै कतिपय नेपालीले फोटो तथा भिडियो खिच्ने र पोस्ट गर्ने गरेको थियो ।

सरकारका कडा निर्देशन अवज्ञा गरेको पाइएपछि यूएईको महान्यायाधिवक्ता कार्यालयले पक्राउ गरेर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको थियो । सोही आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।


दयाराम कटेल
प्रतिक्रिया