बेलबारी । सोमबार १३ औं हात्ती दिवसका अवसरमा हात्तीको व्यवस्थापन कसरी गर्ने भनेर झापामा छलफल चलिरहँदा यता मोरङको बेलबारीमा भने वयस्क पोथी हात्ती मृत फेला प¥र्यो । बेलबारी नगरपालिका–३ करमडाँडामा भेटिएको सो हात्तीको उमेर करिब ८ वर्षको रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । प्रहरी कार्यालयका अनुसार हात्तीको मृत्युको कारण भने खुलिसकेको छैन ।
हात्ती मृत भेटिएपछि यस क्षेत्रका संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् । पछिल्ला वर्षहरूमा झापा, मोरङ, सुनसरी र उदयपुरमा गरी आधा दर्जन बढी हात्ती मारिएका छन् । अधिकांश हात्ती करेन्टको पासोमा परेर मरेका छन् । केही हात्ती गोली प्रहारबाट पनि मरेका छन् । केहीको मृत्युको कारण अझै खुल्न सकेको छैन ।
फाष्ट मिडिया नेपाल संवाददाता
२९ साउन २०८१, मङ्गलबार ०९:४२ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो