फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता
काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार २०७९ मंसिरमा देशको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको हो।
प्रतिवेदनमा १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ प्रतिशत) पुरूष रहेका छन् भने १ करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) महिला छन्। अन्य लिङ्गीको संख्या २ हजार ९ सय २८ छ।
नेपालमा पुरूष भन्दा महिलाको जनसंख्या करिव ६ लाख ५० हजार बढी छ। यस पटक वागमती र मधेस प्रदेशमा करिव २१ प्रतिशत जनसंख्याको बसोवास छ। जसमा कर्णाली प्रदेशमा सबैभन्दा कम छ।
त्यस्तै भक्तपुरमा सबै भन्दा बढी जनसंख्या वृद्धि भएको छ भने रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको छ।
यसैबीच सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जनसंख्या सन्तुलित नभएको बताउनुभएको छ।
शुक्रबार बिहान राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो । कम उमेरको संख्या घट्दै गएको र बढी उमेरको जनसंख्या बढ्दै गएको देखिएकाले नेपालको जनसंख्या सन्तुलित नभएको उहाँको भनाइ थियो । उहाँले यो चिन्ताको विषय रहेको समेत बताउनुभयो।
तथ्यांकले सुशासन, दिगो विकास र अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका प्रतिवद्धता मापनमा सहयोग पुग्ने पनि उहाँले बताउनुभयो । ३ वटै तहको योजना बनाउन महत्वपूर्ण हुने समेत उहाँले बताउनुभयो । नेपालमा जनसंख्याको वृद्धिदर घट्ने क्रम रहेको उहाँले बताउनुभयो ।
जनसंख्या पहाड(हिमालको ग्रामीण भेगमा घट्ने र तराईमा बढ्दै गएको उहाँको भनाइ छ। जनसंख्या व्यवस्थापनका विशेष कार्यक्रम ल्याउन जनगणनाले महत्त्वपूर्ण भूमिका खेल्ने समेत प्रधानमन्त्री दाहालले बताउनुभयो ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो