महिला एकले अर्कोलाई आरोप लगाएर हैन असमानताको खाडल पुर्ने कुरामा सचेत बन्न सरोकारहरुको आग्रह

सुप्रिया राई

इटहरी । मनोरञ्जन,सत्कार क्षेत्रलाई थप व्यवस्थीत र मर्यादित वनाउन तथा महिला श्रमीकहरुको अधिकार प्रर्वदनको लागी इटहरीमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

 श्रमीक महिला साझा मञ्च र महिलाको निम्ती महिला मञ्च नेपालको सहकार्यमा भएको अन्तरकृया कार्यक्रममा सत्कार तथा मनोरञ्जन क्षेत्र,डान्सवार,दोहोरी साझ,क्यावीन,रेष्टुरेण्ट,खाजा घर,स्पा,मसाज सेन्टरमा कार्यरत श्रमीकहरुको श्रम तथा आर्थीक अवस्थाको  विषयमा महिलाको निम्ती महिला मञ्च नेपालको सल्हाकार पार्वती वस्नेतले सहजीकरण गरीकी थिइन् ।


 कार्यक्रममा इटहरी,पोखरा,काठमाण्डौका ६ सय जना श्रमीकहरु सग गरीएको सर्वे वाट आएको निष्कर्समा कोशी प्रदेशसभा सदस्य मिना श्रेष्ठ, स्थानिय वडा सदस्य,सरोकारवाल निकाय,महिला मानव अधिकार,उप्का नेपाल,महिला सहयोगी समुह,माइती नेपाल लगायतका प्रतिनिधीहरु सग यस क्षेत्रको श्रमीकहरुलाई पहिचान,सम्मान र मर्यादित गर्ने वातावरण निमार्ण सम्वन्धी छलफल भएको थियो ।

 पछाडी पारीएका वर्गहरुलाई समानतामा ल्याउनका लागी कानुनहरु लाई कसरी परीमार्जन  गर्ने भइरहेको कानुनहरुले समेटेको छकी छैन त्यो कुराहरुलाई अगाडी ल्याउनका लागी  हामी अभियान्ताहरुको जिम्मेवारी छ,त्यसैले हामी महीलाहरु एकले अर्को लाई आरोप लगाएर हैन संयुक्त रुपमा असामान्ताको खाडलहरुलाई कसरी पुर्ने भन्ने कुरामा सचेत हुनु पर्ने  महिलाको निम्ती महिला मञ्च नेपालको कार्यकारी निर्देशक सिर्जना पुनले वताइन ।


सुप्रिया राई
प्रतिक्रिया