दमक/ दमक नगरपालिका जनताको सुख, शान्ति स्वस्थ जीवनका निम्ति जति दौडधुप गरेको छ विकास निर्माणका कामले त्यसलाई ओझेलमा पार्ने काम पनि भएका छन् । बाटो निर्माण विकासको एउटा सूचक हो । सहर, बजार, गाउँ टोलमा बाटो बन्नुपर्छ जसले जनताको घरदैलोसँग जोडेको हुन्छ । त्यसले जनताको जीवनसँग जोडेको हुन्छ तर कतिपय विकास निर्माणमा भएका ढिलासुस्ती र बेमोसमी भईदिँदा विवाद मात्र होइन स्थानीयहरु आक्रोसमा आउने गरेका छन् । यहि हालत दमक–५ स्थित एलम्बर चोकहुँदै नगरपालिका जोड्ने बाटो दिपिनी मार्गले भोगिरहेको छ । चैत्रमा सक्ने सम्झौता भएको सो बाटोका समयमा नबनाएर अलपत्र छोडेको भन्दै स्थानीयले आक्रोस पोखेका छन् । हिउँदभरी धुलो खान बाध्य भएका स्थानीयबासी अहिले हिलोले पिरोलिएको बताउँछन् । अब झन वर्षा लाग्दैछ हालत के हुने हो । त्यसको लागि उनीहरु बाटो अवरोध गर्न बाध्य भएको बताउँछन् । ठेकेदार र नगरपालिकाबीचको समझदारीले किन काम गरेन ? यसको जवाफदेही को हुने ? भनेर वैशाख २९ गते सोमबारदेखि बाटो बन्द गरिएको स्थानीयले बताएका छन् । उनीहरुको आक्रोस छ– बाटो नबन्दा पनि अवरोध हट्ने छैन ।
ढल निकासको पाइप विछ्याउन भत्काएको सडक लामो समयसम्म त्यसै अलपत्र पारेर छोडिएपछि स्थानीयले सडक खाल्डाखुल्डी बनेर अस्तव्यस्त अवस्थामा रहेपछि सोमबार बिहानबाट सडक अबरुद्ध गरेका स्थानीय टेकबहादुर न्यौपाने बताउँछन् ।
घाम लागेको बेला सडकको धुलो उडेर स्थानीय व्यवसायीसहितका वासिन्दालाई समस्या हुने र पानी परेको बेला खाल्डामा पानी जमेर सडक नै भासिने गरेको समस्या भएपछि स्थानीय सडक बन्द गरेर आन्दोलित भएको उनको तर्क छ । त्यसो त उक्त बाटोमा दीपिनी स्कुल, वडा कार्यालयसमेत भएकोले पनि सडक दुर्घटनाको समेत जोखिम बन्दै गएको गएको छ ।
स्थानीय व्यवसायी घनेन्द्र पाठक, राम रिमाल, जीवन दाहालसहितको अगुवाईमा यलम्बर चोक उत्तरमा सडकमा बाँस बाँधेर अबरुद्ध गर्दै सडक चाँडो पुरेर कालोपत्र गर्न दमक नगरपालिका कार्यालयसँग स्थानीयले माग अघि सारेका छन् ।
सो सडकखण्डको पूर्वी किनारमा ५ नम्बर वडा कार्यालय र पश्चिम किनारमा दीपिनी आधारभूत विद्यालय समेत पर्दछ । वडा कार्यालय अगाडि नै सडक खाल्डो परेर सिटी सफारी दुर्घटना समेत भएको अवस्था छ । धुलोले पसलका सामानहरु बिग्रिएको समेत दर्शाउँदै दमक फन जोनका सञ्चालक घनेन्द्र पाठकले नगरपालिका कार्यालयले सम्बन्धित पक्षलाई चाँडो सडक बनाउन लगाउनु पर्ने माग गरे । उनले पटक पटक नगरपालिका कार्यालयमा जाँदा पनि चाँडै बनाउन पहल भइरहेको भन्ने आवश्वासन मात्र आउने गरेको गुनासो पोखे । ‘पानी नपर्दा धुलोले बसिसक्नु हुँदैन, पानी पर्दा पानी जमेर खाल्डा बनेर उस्तै समस्या । सडक बनाउन जिम्मा लिनेको यो अति लापरबाही भएको उनको तर्क छ ।
सडक निर्माणको प्रतिक्षा लामो समय भएको अवस्थामा अझै यसलाई बेवास्ता गरे अझ सशक्त रुपमा उत्रिन बाध्य हुने व्यवसायी राम रिमालको भनाई छ ।
दीपिनीमार्ग अन्तर्गत पूर्वपश्चिम सडकको सगरमाथा पेट्रोलपम्पदेखि लाइफलाइन अस्पताल उत्तर रातोपुल क्षेत्रसम्मको सडक उही हालतमा रहँदा स्थानीय धुलो र हिलोको समस्याबाट पीडित छन् भनें त्यस क्षेत्रमा यातायातका साधन गुडाउननै निकै समस्या हुने र दुर्घटनाको जोखिम मोल्नुपर्ने स्थिति देखिन्छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो