महिला मृत फेला
बिर्तामोड । झापाको बिर्तामोडमा एकजना महिला मृत अवस्थामा भेटिएकी छन् । बिर्तामोड–७ खालबाडीकी पुष्पा चाम्लागाईं सापकोटाको शव भेटिएको हो । स्थानीय छिमेकी तथा आफन्त दिपक चम्लागाईंका अनुसार ५५ वर्षीया पुष्पा हिजो बिहान ११ बजेदेखि सम्पर्कविहीन भएकी थिइन् । उनका शव आज बिहान भेटिएको हो । घरकै पूर्वपट्टि सुन्दर निचाझोडा जंगलछेउको खोलाको डिलमा पुष्पाको शव आज बिहान स्थानीयबासीले भेट्टाएका थिए ।
वार्ताका लागि गएको टोली मन्त्रलाय नपसी फिर्ता
काठमाडौं । सरकारसँग वार्ता गर्न गएका नेपाल शिक्षक महासंघका पदाधिकारीहरु मन्त्रालय प्रवेश नगरी फर्किएका छन् । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विशेष कारणवश शुक्रबार आफूहरू मन्त्रालय प्रवेश नगरी फर्किएको जानकारी दिए । उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासङ्घले तयार नगरेको पनि बताएका छन् ।
सम्पत्ति विवरण सार्वजनिक गर्न माग
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने बताएका छन् । सरकार गठन भएको दश महिनासम्म पनि सम्पत्ति सार्वजनिक नभएकोमा उनले आपत्ति व्यक्त गरे । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा दलीय आधारमा बोल्दै माओवादी केन्द्रका उपमहासचिव पुनले वर्तमान सरकारले आम जनताका निराशा र असन्तुष्टि हटाउन नसकेको आरोप लगाए । सरकारले प्रतिपक्षी दलसँग प्रतिशोध साँध्ने काम गरेको उनको भनाइ थियो ।
आजदेखि कोशी ओपन गल्फ प्रतियोगिता सुरु
इटहरी । कोशी प्रदेश गल्फ संघको आयोजनामा र धरान गल्फ क्लबको ब्यवस्थापनमा आज कोशी प्रदेश ओपन गल्फ प्रतियोगिता सुरु हुँदै छ । एमेच्योर गल्फ प्रतिस्पर्धामा पोखरा, आर्मी गल्फ क्लब काठमाडौँका गल्फर,घरेलु धरानका गल्फरहरुले प्रतियोगितामा सहभागिता जनाएका छन् । महिला तर्फ ७ जना ,जुनियर तर्फ यु १६ मा ९ जना र पुरुष एमेच्योर ७१ जना गल्फरले प्रतिस्पर्धा गर्ने क्लबका सचिव देवराज भुताङ राईले जानकारी दिनुभयो। उहाँका अनुुसार पोखराबाट ८ जना, आर्मी गल्फ क्लबबाट १जना, चितवनबाट १जना, घरेलु ६१ जना गल्फरको सहभागिता रहेको छ ।
विदेशबाट फर्किएकालाई निःशुल्क ओपिडी सेवा
काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा वैदेशिक श्रमिक रोजगारीबाट फर्केकाहरुको लागि निःशुल्क ओ.पि.डि. क्लिनिक तथा २४ सै घन्टा अनलाइन परामर्श सेवाको सुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदपि पौडेलबाट केन्द्रको १३ औं वार्षिक उत्सव समारोहको उपलक्ष्यमा आयोजित एक विशेष कार्यक्रमका बीच समुद्घाटन गरेका छन् ।
नदीमा बेपत्ता युवकको शव फेला
बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–५ भादा नदिमा नुहाउने क्रममा डुवेर बेपत्ता युवकको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ । सोही ठाउँको सयलवा रामबाघ बस्ने १९ वर्षीय सृजन पोख्रेलको शब शुक्रबार विहान सशस्त्र प्रहरिको गोताखोरल निकालेको हो । नुहाउने क्रममा बेपत्ता भएको खबर लगत्तै सशस्त्र प्रहरी बल नं. ३१ गण बर्दियाबाट गोताखोरसहितको सुरक्षा फौज उनको खोजीकार्यको लागि परिचालन भएको थियो ।
भुकम्पपछिको बारपाक तस्बिरमा
काठमाडौं । फोटो पत्रकार प्रकाश चन्द्र तिमिल्सेनाले भूकम्पको १० वर्षमा बारपाकमा देखिएको परिवर्तन तथा पुनर्निर्माण गर्दाका चुनौतीलाई दस्तावेजीकरण गरिएको फोटो प्रदर्शनी आयोजना गरेका छन्। वैशाख १२ गते बारपाकमा आयोजित प्रदर्शनीमा भूकम्प गएपछिको भयावह अवस्था, बारपाकको आर्थिक अवस्था तथा सामाजिक भोगाइसँग सम्बन्धित ६० वटा फोटोहरू प्रदर्शनमा राखिएका छन्। प्रदर्शनीको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे ।
सर्पले डसेर महिलाको मृत्यु
उर्लाबारी । मोरङको बेलबारीमा सर्पले डसेर एक वृद्धा महिलाको मृत्यु भएको छ । विहिबार राति १० बजेतिर बेलबारी नगरपालिका– ११ लक्ष्मीमार्ग बस्ने ७६ वर्षीया बिष्णुमाया थापा घरबाट बाहिर निस्केको बेला सर्पले डसेको थियो । उनलाई उपचारको लागि कोशी अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव कोशी अस्पताल बिराटनगरको शवगृहमा राखिएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो