सुनसरी।। पतञ्जली योग समीती नेपाल इटहरी उपमहानगर समीतीको अध्यक्ष तथा योग प्रशिक्षक उर्मीला कटुवालसँग योग मानव जिवनमा किन आवस्यक छ भन्ने विषयमा सुप्रिया राईले तयार पारेको सामाग्री :
योग भनेको के हो,किन आबस्यक छ मानब जीवनमा ?
सामान्य अर्थमा योग भनेको जोड्नु हो, त्यसैले योगले आत्मा र परमात्मालाई जोड्ने काम गर्दछ, सरीर र मनलाई जोड्ने काम गर्दछ भने रोगी मानिसहरुको लागी यो प्राकृतीक चिकित्सा पद्धती हो, नीरोगीहरुको लागी जिवन जीउने कला हो मानव चोलालाई सहज रुपमा अगाडी वढाउन योग आवस्यक छ ।
मानसीक रोगीहरुका लागी योग कतिको फाइदा जनक छ ?
मानसीक रोगीहरुका लागी योग अत्यन्त आबस्यक छ, कीन भने मानसीक रोगी भन्ने वितिकै चेतनाको कमी अर्थात म भित्रका म तत्वलाई नचिनेर डर भयका कारण नेगेटिभ उर्जा उत्पन्न हुन्छ र त्यो उर्जालाई पोजेटीभ गर्नको लागी,चेतना,मन,मस्तीकलाई उजागर गर्नको लागी खुसी हुनको लागी योग आवस्यक छ,खुसी वाटनै मानसीक रोगको निवारण हुन्छ,त्यसैले मानसीक रोगीका लागी योग ध्यान प्रणायम अतिनै आवस्यक छ ।
योग विषेस गरी कुन समयमा गर्दा राम्रो हुन्छ ?
योग यसै समयमा गरीनु पर्छ भनेर समयको पावन्दी घेरामा बाधिएको त छैन तर विषेस गरी विहानको ३ वजे देखी ६ वजे सम्मको समया योगका लागी अत्यन्य फाइदा जनक छ । किनभने यो समयमा बोटविरुवाले सुद्ध अक्सीजन फ्याकीरहेको हुन्छ जुन मानव प्राणीको लागी अत्यन्त आवस्यक छ ।
योग कति प्रकारको हुन्छ ?
योग यतिनै प्रकारको हुन्छ भनेर एउटा सीमा भित्र वाधेर राख्न सकिदैन किन भने योगको क्षेत्र ब्यापक हुदै गएको छ, तथापी योगको परिभाषा अर्थात योगको उदेस्यलाई हेर्दा खेरी सामान्यतय ७ किसीमको हुन्छ भनीएको छ, भक्ति योग,कर्म योग,ज्ञान योग,हठ योग, मन्त्र योग,राज योग र यी नाम अनुसार नै यसको उदेस्य र कामहरु छुट्याइएको हुन्छ त्यस भित्र पनि विभिन्न चरणहरुमा विभाजान गरीएको हुन्छ ।
स्वास्थ्य जीवन सुन्दर जिवन वनाउनको लागी के गर्नु पर्छ ?
सहज र सरल तरीकाले जिवन शैली परिवर्तन गर्नका लागी योग अति आवस्यक छ,यो प्राकृतिक चिकित्सा सग आयुवेर्द सग पनि जोडीएको छ,हाम्रो जिवन ढल्कीए सगै जीवन शैली,खानपानमा पनि ध्यान दिनु पर्ने हुन्छ,हाम्रो भान्सालाई औषधालयको रुपमा परिवर्तन गर्न सक्छौ, भान्सामा प्रयोग गरीने मसलाहरुलाई औषधीको रुपमा प्रयोग गर्न सक्नु पर्छ घर परिवारलाई पहिलो प्राथमीकता र पेसा व्यावसाय लाई दोस्रो स्थानमा राखेर अगाडी वढ्न सके अवस्य स्वास्थ्य र राम्रो जिवन हुने छ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो