देशभर हर्षोल्लाषका साथ मनाइयो प्रजातन्त्र दिवस

फाष्ट मिडिया नेपाल संवाददाता

दमक/ ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा देशभर हर्षोल्लाषका साथ मनाइएको छ । दमकसहित झापामा प्रजातन्त्र दिवस विविध कार्यक्रमसहित मनाइएको छ ।
झापाको सदरमुकाम चन्द्रगढीमा प्रजातन्त्र दिवसको अवसरमा प्रभातफेरी निकालिएको छ । जिल्ला समन्वय समिति झापाको आयोजनामा सो प्रभातफेरी निकालिएको हो ।
जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वराज बरालको अध्यक्षता, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, अरिदमन गण चारआलीका प्रमुख सेनानी प्राजु बस्न्यात, जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी., सशस्त्र प्रहरी वल नेपाल २ नं गण हे.क्वा. झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप–अनुसन्धान निर्देशक कुलचन्द्र नेपाल, संचारकर्मी, स्थानीय जनप्रतिनिधिहरु, विभिन्न संघ–सस्थाका प्रतिनिधिहरु, अन्य दर्जाका सुरक्षाकर्मीहरु, बिभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु र स्थानीय नागरिकको उपस्थितिमा “राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ सफल पारौ” भन्ने प्लेकार्ड तथा ब्यानरसहित प्रभातफेरी निकालिएको थियो ।
चन्द्रगढी बजार परिक्रमा गरी पुनः जिल्ला समन्वय समितिको भवनमा आई जिल्ला समन्वय समितिका प्रमुख बरालले राष्ट्रिय प्रजातन्त्र दिवसको बारेमा सम्बोधन गरेपछि कार्यक्रम समापन भएको थियो ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया