झापाका पुराना कांग्रेस नेता अधिकारीले पार्टी छोडे

फाष्ट मिडिया नेपाल संवाददाता

झापा । झापा मेचीनगर ४ बाहुनडाँगीका पुराना काँग्रेस नेता सनतकुमार अधिकारीले नेपाली काँग्रेस पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ । भदौ २६ गते प्रेस विज्ञप्ती जारी गर्दै अधिकारीले पार्टी परित्याग गरेको सार्वजनिक गरेका छन् ।

‘पार्टीका माथिल्ला तहमा निराशाजनक कार्यहरु भएबाट पार्टी प्रति नै बितृष्णा उत्पन्न हुने खालका कार्यहरु हुने गरेको आफुलाई अनुभुत भई पार्टीमा बसिरहन उचित नठानेको कारण हाललाई पार्टीबाट अलग भई स्वतन्त्र जीवन निर्वाह गर्ने’ अधिकारीले विज्ञप्तीमा उल्लेख गरेका छन् । अधिकारीले नेपाली काँग्रेसको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको विज्ञप्तीमा उल्लेख गर्नु भएको छ ।

२०३३ सालमा तत्कालिन बाहुनडाँगी गाउँ पञ्चायतको सदस्य, २०४३ सालमा वडा अध्यक्षमा निर्वाचित हुनु भएका अधिकारी २०४७ सालदेखि नेपाली काँग्रेसको क्रियाशिल सदस्य भई विभिन्न जिम्मेवारीमा बसेर काम गरेको अधिकारीले विज्ञप्तीमा उल्लेख गरेका छन् । बाहुनडाँगी खानेपानी उपभोक्ता समितिका वर्तमान अध्यक्ष समेत रहेका अधिकारी स्थानीयस्तरका सामाजिक अगुवाका रुपमा समेत परिचित छन् ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया