पाठकको पुर्पुरो : वि.सं. २०८० आषाढ १० गते (तद्अनुसार सन् २०२३ जुन २५ तारिख) आइतबार आषाढ शुक्ल पक्षको सप्तमी तिथि

खगेन्द्र कार्की

मेष – आजको दिन खास शुभदायी नरहला । लेनदेनको समस्याले सताउने र ब्यर्थमा विवाद हुने योग छ । ब्यापारमा पनि घाटा ब्येहोर्नुपर्ला । सानातिना घरायसी काममा समय खर्च हुनेछ । आज कतै यात्रा गर्दै हुनुहुन्छ भने विशेष सावधान रहनुहोला । प्रेमपथमा प्रगति हुनेछ । मित्रभाव वृद्धि होला ।

वृष – व्यस्तताका साथै शुभता बढ्नेछ । मित्रजनले प्रशंसा गर्ने तथा नसोचेको सम्मान मिल्ने दिन छ । मानप्रतिष्ठा र सामाजिक मर्यादा अभिवृद्धि हुनेछ । कुरा काट्नेहरु प्रशंसक बनेर देखापर्नेछन् । गलत लेनदेनमा समस्या आउन सक्छ, सचेत रहनुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – अधुरा काम बन्ने तथा नयाँ काम पाउने समय छ । धन कमाउने अवसर मिल्ला । लामो समयदेखि रोकिएका कामहरू बन्न सक्छ । हौसला बढ्ने र मन हर्षित भएर आउने दिन छ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – व्यापार–व्यवसायमा लाग्नेहरूलाई आजको दिन विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । प्रेमसम्बन्ध र दाम्पत्य सुखको योग छ । स्वास्थ्य स्थितिमा सुधार आउने छ । दायित्व वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति पनि हुनेछ ।

सिंह – आरोग्यता बढ्नेछ । रसरागको भाव वृद्धि होला । तर, शत्रुले सताउने योग रहेकोले सावधान रहनु हितकर हुनेछ । मित्रजनको साथ मिल्नेछ । कार्यमा सफलता मिल्नेछ ।

कन्या – शुभता वृद्धि हुनेछ । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । प्रेमसम्बन्ध बलियो रहनेछ । अधुरा कामहरु बन्नेछन् । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – नसोचेको काम बन्ने योग परेको दिन छ । अरुको विश्वास जित्न सजिलै सकिनेछ । धन मान मिल्ने देखिन्छ । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । सामाजिक प्रतिष्ठा पनि बढ्नेछ ।आयबल वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

वृश्चिक – कार्यबल र आरोग्य वृद्धि हुनेछ । फुर्सदिलो समय छ । अनुकूल यात्राको सम्भावना देखिन्छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । रमणीय र सुखद यात्राको योग छ । यात्रामा विशेष लाभ होला । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । दाम्पत्यसुख बढ्ला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

धनु – समय त्यति शुभ देखिन्न । आज गरेको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्ने समय छ । आर्थिक संकट पर्ने तथा लेनदेनमा विवाद बढ्ने सम्भावना रहेकोले सोचविचार गरी व्यवहार गर्नुहोला । घरायसी समस्या पनि आउन सक्छ । मिठो भोजन प्राप्तिका साथै गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – कुनै दीर्घकालिन योजना बनाउँदै हुनुहुन्छ भने आजको दिन अनुकूल नहुन सक्छ । गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने समय छ । अरुको काम धेरै गर्नुपर्ला । नोकरी तथा राजनीतिमा सम्मान पाउने योग छ । अरुको मन जित्न सकिएला । आरोग्यबल बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – व्यस्तता बढ्नेछ । मिहीनेतले काममा सफलता दिलाउनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । सोचने शक्ति बढ्ला । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने दिन छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – शुभकारी दिन छ । परिश्रमले धेरै काम बन्नेछन् भने आर्थिक आर्जन पनि राम्रै होला । मनोरञ्जनमा भुलिने समय छ । परोपकार तथा धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । व्यापारमा लाभ हुनेछ । मित्रजनले राम्रै सहयोग गर्लान् । आफन्तजनको भर नपर्नु हितकर होला । रसरागमा आकर्षण बढ्ला । मिठो भोजन मिल्ला । समस्याको समाधान मिल्नेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया