व्यवसायिक क्षेत्र सफल रहे पनि आजको दिन अनावश्यक ठाउमा पैसा खर्च हुन सक्छ । रोग लाग्नाले केही आर्थिक क्षति पनि हुन सक्छ । स्वास्थ्य कमजोर रहन सक्छ, खानपानमा सजग रहनुहोला । कृषि–चौपायाबाट हानि पुग्नसक्छ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । मित्रजनको पनि सहयोग रहनेछ ।
वृष – दिन मिश्रित परिणामदायी रहला । मित्रजन एवम् सहयोगीहरूले राम्रो साथ दिने समय छ । टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ । धनजन वृद्धि एवम् पाहुना आगमनको योग छ । अध्ययन–अध्यापनमा भने मन जाने छैन । बढी मिहीनेतले काम बन्नेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।
मिथुन – आयबल बढ्ने र रसरागमा आकर्षण बढ्ने समय छ । सुख वृद्धि होला । मनग्य धनआर्जनको अवसर मिल्नु सक्छ । सोच्ने शक्ति बढ्नेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । नसोचेको ठाउँबाट लाभ हुने देखिन्छ । बौद्धिक र रचनात्मक काममा पनि सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ ।
कर्कट – आजको दिन रमाइलो यात्राको योग रहेको छ । मित्रजनसँगको भेटघाटले मनोबल बढाउनुको साथै उत्साहजनक छलफल होला । आयआर्जनका लागि अनुकुल समय छ । अध्ययन–अध्यापनमा पाउने सफलता यथावत रहनेछ । ठूला व्यक्तिबाट बुद्धिको तारिफ हुनेछ । दायित्व र कार्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
सिंह – आजको दिन स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ला । अरूको भर पर्दा काममा धोका हुन सक्छ । आर्थिक कारोबार गर्दा विशेष सजग रहनुपर्ने समय छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । आज खास यात्राको अवसर मिल्न सक्ने योग छ । सफलता प्राप्तिका लागि अलिक ज्यादा नै मिहीनेत गर्नुपरे पनि परिणामदायी सफलता प्राप्त हुनेछ । रसरागको भाव वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।
कन्या – आरोग्यताका साथै भाग्यबल बढ्नेछ । मनमा हौसला बढ्नेछ भने व्यवहारमा पराक्रम वृद्धि हुनेछ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । बन्न लागेको काम बिगार्न शत्रुपक्ष सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । मित्रजनसँगको भेटघाटले मन प्रफुल्ल रहला । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।
तुला – जोखिमका बाबजुद प्रयासरत काममा सफलता प्राप्त हुनेछ । प्रेमभाव बढ्नेछ । विशेष प्रयत्नबाट धन आर्जनको अवसर मिल्ने समय छ । व्यापारमा गरेको लगानी सन्तोषप्रद रहला । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नुपर्ने परिस्थिति बन्न पनि सक्छ । ऋण, रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियै रहला ।
वृश्चिक – रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । आजको श्रमले पछिका लागि राम्रो फल मिल्नेछ । उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । कृषिक्षेत्रमा रहेकाले भने अलिक बढी परिश्रम र लगानी गर्नुपर्ला । आरोग्यता बढ्नेछ । कार्यबोझ पनि वृद्धि हुन सक्छ । कर्ममा सफल साबित हुनुहुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।
धनु – आज नसोचेको ठाउँमा धन खर्च हुन सक्छ, सावधान रहनुहोला । वादविवाद, झैझगडामा पर्न सकिन्छ, विशेष सचेतनाको खाँचो छ । कामको बोझले थाकेको महसूस होला । घर–गृहस्थीमा समस्या आउन सक्छ । यसका बाबजुद प्रेमभाव र साहस बढ्नेछ । साझेदारीको काम बन्नेछ । लगानी उठाउन गरिएको प्रयत्न आज सार्थक होला । मित्रजनको सहयोग र समर्थन प्राप्ति हुनेछ ।
मकर – ब्यस्तता बढ्नेछ । मानप्रतिष्ठा अभिवृद्धि हुने तथा अभिभावक एवम् साथीभाइले आवश्यक सहयोग प्रदान गर्ने समय भइकन पनि मनमा दुविधा रहनसक्छ । सामाजिक काममा नाम रहनेछ तर जागिरमा भने होसियार रहनुपर्ला । स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ । कसैसँग सामान्य मनमुटाव हुन सक्छ, सावधान रहनुहोला । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।
कुम्भ – नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । कतैबाट खुसीको खबर प्राप्त होला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । काम बन्नाले मन रमाउला । बन्दव्यापारबाट लाभ मिल्नेछ । पराक्रम बढ्नेछ, प्रयासरत काम बन्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । मीठो भोजन प्राप्त हुनेछ ।
मीन – आजको दिन सामर्थ्य र सुख बढ्नेछ । सफलताको दर वृद्धि होला । आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नुपर्ने योग छ । सोच्दै नसोचेको स्थानबाट लाभ हेला । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ, आफन्तले प्रशंसा गर्नेछन् । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो